बिर्तामोडमा एनसेल मेला सम्पन्न

0
598

बिर्तामोड ।

एनसेल प्रालिले सोमबार बिर्तामोडमा ‘एनसेल मेला २०७६’ को आयोजना गरेको छ । मेलामा आगन्तुक तथा दर्शकहरुले गीतसंगीत, विभिन्न खेलहरु लगायत विविध गतिविधीहरुबाट भरपुर मनोरञ्जन लिएका थिए ।

एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप एनसेलले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्यका साथ यो मेला आयोजना गरेको हो । दर्शकले ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै आन्दन लिएका थिए त्यसैगरी बालबालिकाहरुले विविध खेल र गतिविधीहरुमा सहभागी हँुदै मनोरञ्जन लिएका थिए ।

विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एनसेल मेला बिर्तामोडको सुगम पेट्रोल पम्प मैदानमा बिहान ११ बजे शुरु भई गीतसंगीत सहित साझँसम्म चलेको थियो । मेलामा आन्तरिक पर्यटन प्रवर्धनका गर्न यस क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणहरुको बारेमा प्रवर्धन गरिएको थियो ।

चर्चित गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाँई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यको उद्घोषणले दर्शकहरुलाई थप रमाईलो बनाइको थियो । एनसेल मेलाको अवसर पारी,

मेलाको अबसर पारी एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत इलाम र झापाका गरी दुई पोइन्ट अफ सेल्स् (पिओएस)÷खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । यस योजनाको प्लाटिनम समुह अन्तर्गत इलामको वान्तवा मोवाइल एण्ड कम्युनिकेशनले २०० सीसीको मोटर साइकल र झापाको रोहित मनि ट्रान्सफरले स्कुटर जित्न सफल भएका छन् ।


चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीहरु, गेम स्टलहरु, विदेशी कलाकारहरुको सुटिङ स्टार एक्ट, विभिन्न थिम गेमहरु र ओकुलस भर्चअल जोन केही विषेश आकर्षणहरु रहेका थिए । बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधीहरु रहेका थिए ।

थुप्रै खेल तथा गतिविधीहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रोमा युवाहरु भरपुर मनोरञ्जन लिईरहेका देखिन्थे । मेलामा दर्शक तथा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिदै आकर्षक पुरस्कारहरु जित्न सफल भएका थिए भने र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिनुका साथै फोरजी सिम लिन लगायत आफ्नो पुरानो सिम फोरजीमा अपग्रेड गर्न पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here