प्याब्सनको जिल्लास्तरिय सांस्कृतिक कार्यक्रममा चिल्ड्रेन र एमिटी प्रथम

0
722

अर्जुनधारा ।

विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्धेश्यले निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) झापाले आयोजना गरेको जिल्लास्तरिय सांस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

अर्जुनधारा–९स्थित प्रगति अङग्रेजी माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित प्रतियोगितात्मक कार्यक्रमको सीनीयर लोक तथा सांस्कृतिक नृत्यतर्फ बिर्तामोड–१स्थित चिल्ड्रेन इन्भाइरोमेन्ट इङलिस स्कूल र सीनीयर गायनतर्फ बिर्तामोड–५स्थित एमिटी सेकेण्डरी स्कूल प्रथम भएका छन् ।

त्यसैगरी सीनीयर लोक तथा सांस्कृतिक नृत्यतर्फ द्धितीय कनकाई–३स्थित पारागन एकाडेमी र तृतीय दमक–५स्थित मदरल्याण्ड इङलिस बोर्डिङ स्कूल तथा सीनीयर गायनतर्फ द्धितीय कनकाई–३स्थित दिव्य रत्न बोर्डिङ सेकेण्डरी स्कूल र तृतीय मेचीनगर–१०स्थित हिमालयन एकाडेमी भएका छन् ।

त्यस्तै जुनियर गायनतर्फ उत्कृष्ट तीनमा कमल–४स्थित फोनिक्स इङलिस स्कूल, बिर्तामोड–२स्थित नीधि उच्च शिक्षा निकेतन र बुद्धशान्ति–३स्थित कान्तिपुर विद्या सदन भएका छन् ।

प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीको अध्यक्षता र जिल्ला शिक्षा तथा समन्वय इकाइ झापाका प्रमुख जयप्रसाद महतको प्रमुख आतिथ्यमा आयाजित कार्यक्रममा प्रथम, द्धितीय र तृतीयसँगै उत्कृष्ट हुने विद्यालयका विद्यार्थीहरुलाई शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा गायनतर्फको निर्णायक गायक तथा संगितकारद्धय रेणु मोक्तान र लीला पौड्याल तथा नृत्यतर्फको निर्णायक चलचिल संघका सदस्यद्धय नेत्र उप्रेती र भानु सिटौला रहेका थिए ।

कार्यक्रमका सीनीयर लोक भाका तथा सांस्कृतिक नृत्यमा प्रथम र सीनीयर गायनमा प्रथम हुने विद्यालय प्रदेशस्तरिय सांस्कृतिक कार्यक्रमका लागि छनौट भएको अर्जुनधारा नगर प्याब्सनका उपाध्यक्ष बालगोपाल गौतमले जानकारी दिए । उक्त कार्यक्रमको सीनीयर लोक तथा सांस्कृतिक नृत्यतर्फ १५ वटा विद्यालय, सीनीयर गायनतर्फ १६ वटा विद्यालय र जुनियर गायनतर्फ १५ वटा विद्यालयको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्यद्धय मोहन सुब्बा र रामप्रसाद सिटौला, प्रदेश नं.१का उपाध्यक्ष मिलनकुमार ढुंगाना, प्याब्सन झापाका सल्लाहकारद्धय एलडी राई र गुरुभक्त न्यौपानेलगायतको आतिथ्यता रहेको थियो । प्याब्सन झापाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रामहरि घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव जनार्दन ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here