नेका संसदीय दलद्वारा ढुङ्गेलको निधनप्रति दुःख व्यक्त

0
846

काठमाडौँ,

नेपाली काँग्रेस संसदीय दलले तत्कालीन संविधानसभा सदस्य रामेश्वर ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचारका क्रममा ६० वर्षको उमेरमा मंगलबार उहाँको निधन भएको थियो । दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज यहाँ विज्ञप्ति जारी गर्दै उहाँजस्तो कुशल नेतालाई गुमाउनु पर्दा दललाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।

नेपालको लोकतान्त्रिक एवं प्रजातान्त्रिक आन्दोलनमा स्व.ढुङ्गेलले पु¥याउनुभएको योगदानको स्मरण गर्दै नेता खाँणले विज्ञप्तिमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ “स्व ढुङ्गेलले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा सदैव अग्रपङ्क्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

साथै आन्दोलनमा क्रियाशील रहँदा पटक–पटक गिरफ्तार हुनुभएको थियो । ” नेता ढुङ्गेल नेपाली राजनीतिमा शालिन एवं भद्र नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here