मानवमूत्र प्रयोगसम्बन्धी तालीम सम्पन्न

0
1176

सन्धिखर्क,

‘पिसाबलाई हिसाबमा रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ‘मानवमूत्र सङ्कलन र प्रयोग’ सम्बन्धी तीनदिने तालीम सन्धिखर्कको किमडाँडामा सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिकाको आयोजनामा भएको सो तालीममा किमडाँडाका अगुवा किसान, विद्यार्थी र शिक्षक गरी १०० जनाको सहभागिता रहेको थियो ।

तालीमको समापन अवसरमा सन्धिखर्क नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादन वृद्धि गर्न खेर गइरहेको मानवमूत्र र काम नलाग्ने वनस्पतिबाट मल उत्पादन गर्न र उत्पादन लागतमा कमी ल्याउन तालीमको आयोजना गरिएको बताउनुभयो ।

प्रशिक्षक श्रीरेन्द्रप्रसाद पोखरेलले खेर गइरहेको मानवमूत्र प्रयोग गरे तरकारी उत्पादनमा वृद्धि हुने बताउनुभयो । अर्घाखाँचीमा यस्तो खालको तालीम पहिलोपटक प्रदान गरिएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here