कानूनको दुरुपयोग हुन थालेकामा चिन्ता

0
446

लुम्बिनी,

मूल मर्म विपरीत केही व्यक्तिले कानूनको दुरुपयोग गर्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ । लैङ्गिक हिंसाविरुद्ध अन्तक्र्रियात्मक पाँच दिने कार्यशालाको भैरहवामा आज उद्घाटन गर्दै जिल्ला अदालत रुपन्देहीका प्रमुख न्यायधीश धनसिंह महराले अहिलेको आवश्यक्ताअनुसार कानून पर्याप्त भए तापनि प्रक्रिया भने झन्झटिलो भएको बताउनुभयो ।

न्यायधीश महराले लैङ्गिक हिंसा विरुद्धका कानूनको दुरुपयोग भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । न्यायाधीश महराले नेपालको कानूनलाई अझै प्रभावकारी बनाउन जनतामा नैतिक र सामाजिक शिक्षाको जरुरी रहेको बताउनुभयो । न्यायाधीश मातृकाप्रसाद मरासीनिले महिला विभेद्लाई निर्मूलिकरण गर्नका लागि नेपालको कानूनले ठूलो भूमिका खेलिरहेको बताउनुभयो ।

अधिवक्ता सविन श्रेष्ठले संवैधानिक हिसाबले अपराध पीडित संरक्षण ऐन जस्तो महत्वपूर्ण कानून भए तापनि कार्यन्वयको सवालमा कमजोर अवस्था रहेको बताउनुभयो । महिला, कानून र विकास मञ्चका प्रदेश संयोजक अधिवक्ता नगेन्द्र बस्यालले लैङ्गिक हिंसा समानता, विकास र शान्तिको बाधक भएको बताउँदै महिला विरुद्धको भेद्भाव उन्मूलनको लागि सबै पक्षको एकता र सहकार्य जरुरी रहेको बताउनुभयो ।

पाँच दिनसम्म चल्ने कार्यशालामा रुपन्देही जिल्लाका अदालतका न्यायाधीश, कर्मचारी, सरकारी वकिल, अधिवक्ता, स्थानीय पालिकाका न्यायिक समितिका सदस्य, प्रहरीका मुद्दा शाखाका कर्मचारीको सहभागिता रहेको कार्यक्रम संयोजक सागर पाठकले बताउनुभयो ।

सहज परियोजना अन्तर्गत सञ्चालित उक्त कार्यक्रम प्रदेश नं ५ को बाँके र कपिलवस्तुमा सम्पन्न भइसकेको छ भने रुपन्देहीमा बिहीबारदेखि शुरु भएको छ । यस लगत्तै नवलपरासी, प्यूठान, रुकुम र दाङमा पनि कार्यक्रम हुने तयारी थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here