निःशुल्क आँखा रोग सम्बन्धि एकदिने शिविर

0
540

बिर्तामोड ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रको आयोजनामा निःशुल्क आँखा रोग सम्बन्धि एकदिने शिविर भएको छ ।

मेची आँखा अस्पताल बिर्तामोड, फाउण्डेशन आईकेयर तथा आईरिस इन्टरनेशनलको संयुक्त प्राविधिक सहयोगमा विहिवार कनकाई नगरपालिका वडा नं. ८ स्थित शिवालय मन्दिरमा शिविर सञ्चालन भएको थियो ।

शिविरमा २ सय ९४ जनाको आँखा परिक्षण गरेको आँखा शल्यक्रिया सहयोगी रुविना गिरीले जानकारी दिइन् । ती मध्ये २७ जनाको शल्यक्रिया गर्नु पर्ने देखिएको बताउँदै उनले भनिन् ‘उनीहरुको निशुल्क अप्रेशन गरिन्छ ।’

सहारा नेपाल लक्ष्मीपुर सहयोग समितिका संयोजक केदार समशेर गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कनकाई नगरपालिका वडा ८ का अध्यक्ष प्रेमबहादुर कटुवालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सहारा नेपाल लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले पारेका थिए । कार्यक्रममा सुन्दर लक्ष्मीपुर समाजका लीलाबहादुर कटुवाल, मेची आँखा अस्पतालका पुष्प अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहारा नेपाल लक्ष्मीपुर सेवा केन्द्रका कर्मचारी खगेन्द्र निरौलाले गरेका थिए ।

शिविरमा अर्जुनधारा–५ की ८६ बर्षिया कृष्णकुमारी कार्कीको आँखा परिक्षण गरेर शुभराम्भ गरिएको थियो । कार्यक्रममा आँखाका रोगीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा आँखा पक्षिण गराउनेलाई ३ सय ५० रुपैयाँमा चश्मा उपलब्ध गराइएको थियो भने शल्यक्रिया गर्नु पर्नेलाई चश्मा निःशुल्क उपलब्ध गराइने लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख भारतीले जानकारी दिए ।

कार्यक्रममा सहारा नेपाल लक्ष्मीपुर सहयोग समिति युनिट नं. १ का संयोजक तेजकुमार गिरी, सहयोग समिति सदस्य दिव्यसोरा उप्रेती, टोमकुमारी अ‍ेझा, शिवालय मन्दिर समितिका अध्यक्ष लेखनाथ दाहाल, मन्दिर निर्माण समितिका अध्यक्ष टिकाराम घिमिरे, लक्ष्मीनारायण मन्दिरका अध्यक्ष भानुभक्त मिश्र, नवदुर्गा मन्दिर समितिका अध्यक्ष केदारप्रसाद चुडाल, सामाजिक सुरक्षा समितिका टेकनाथ अधिकारी, एडभान्स एकेडेमीका वीरबहादुर चौहानलगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here