उच्च अदालतद्धारा महरालाई थुनामुक्त गर्न अस्वीकार

0
453

बिर्तामोड ।

यौन दुर्व्यवहारको आरोप लागेपछि गत असोज १९ गते पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनलेथुना मुक्त गर्न अस्वीकार गरेको छ ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएकी थिइन् । बलात्कारको प्रयास गरेको आरोपमा महरालाई जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको थियो ।

उनी अहिले कारागारमा छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले उक्त निर्णय सदर गरेको उच्च अदालतले जनाएको छ ।

महरा आफूविरुद्धको मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म थुनामा राख्ने जिल्ला अदालतको निर्णयलाई चुनौती दिँदै उच्च अदालत गएका थिए । थुना बाहिरै रहेर जिल्ला अदालतमा आफूविरुद्ध परेको मुद्दाको सामना गर्नु पाउनुपर्ने उनको माग थियो ।

महराविरुद्ध बलात्कार प्रयास गरेको उजुरी दिएकी संसद् सचिवालयमा कार्यरत एक कर्मचारीले पछि आफूलाई जबरजस्ती उजुरी गर्न लगाएको भन्दै अर्को निवेदन दिएकी थिइन् । ती महिलाको आरोपपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

ती महिलाले पछि औपचारिक रूपमा प्रहरीमा उजुरी दिएपछि महरालाई गिरफ्तार गरिएको थियो ।–बीबीसी नेपाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here