बजेट १५ लाख, माग ७२ लाख

0
519

अर्जुनधारा।

अर्जुनधारा नगरपालिकामा बिनियोजित रकमभन्दा ५ गुणा बढी रकमको सिञ्चाई योजना र उपकरण माग भएको छ ।
नगरपालिकाले आह्वान गरेको समयमा बिभिन्न समूह, व्यक्ति र सहकारीका ५५ वटा निवेदन परेको कृषि शाखा प्रमुख दीपक गिरीले जानकारी दिए ।

नगरले १५ लाख रुपैयाँ बिनियोजन गरेर सार्वजनिक गरेको सूचनाका आधारमा ७२ लाख ५४ हजार आठ सय २५ रुपैयाँ बराबरको आवेदन परेको हो । आवेदन गर्नेमा अधिकांश कृषक समूह रहेका छन् । केही व्यवसायिक कृषि फर्मले पैनी मर्मत र मोटर खरिदका लागि माग गरेको भए पनि कृषि सहकारीको उपस्थिति नगन्य मात्रामा रहेको पाइएको छ ।

नगरपालिकाले कात्तिक १८ गतेदेखि १ महिनाको म्याद राखेर सिञ्चाई आवश्यक पर्ने किसानलाई आवेदन दिन सूचित गरेको थियो । सो समयमा परेका निवेदनमाथि अध्ययन शुरु गरिएको गिरीले बताए । उनले लाभान्वित हुने जनसंख्या, उत्पादन र प्रभावकारिताका आधारमा परियोजना छनौट गरिने बताए । व्यवसायिक तरकारी खेती र फलफूल उत्पादनलाई प्राथमिकता दिएर सिञ्चाईको सुविधा उपलब्ध गराउने गिरीले बताए ।

अनुदान लिने र सदुपयोग नगर्ने परिपाटी बिकास भएपछि नगरपालिकाले अनुगमन शुरु गरेको मेयर हरिकुमार रानाले बताए । फिल्डबाटै अध्ययन गरेर सिञ्चाईको आवश्यकता अध्ययन गरेपछि अन्य श्रोतबाट बजेट जुटाउन पहल गर्ने उनको भनाइ थियो । नगरपालिकाको मुख्य ध्यान त्यस स्थानमा कृषिको बिकास गर्नका लागि भएको भन्दै मेयर रानाले वास्तविक किसानसम्म राज्यको पहुँच पु¥याउन आफंै अनुगमनमा निस्किएको बताए ।

कृषिमा पनि खासगरी मासु, दूध, धान, मकै, तरकारी र फलफूलको लागि पकेट क्षेत्र घोषणा गरेर तीब्रगतिमा कार्यान्वयन गरिरहेको मेयर रानाले जनाए । उपमेयर कमला खतिवडाले प्राथमिकताको क्षेत्र अनुसार किसानलाई अनुदान दिने बताइन् । उनले सरकारको अनुदान वास्तविक किसानसम्म पु¥याउने नगरपालिकाको योजना भएकाले अनुदान रकमलाई हौसलाका रुपमा लिन समेत आग्रह गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here