अग्र्यानिक बनाउन पहल गर्नुहोस् : घले

0
636

बिर्तामोड।

वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले नेपाललाई अग्र्यानिक मुलुक बनाउनका लागि सरकार, राजनीतिक दल, सबै नागरिक अग्रसर हुनुपर्ने बताएका छन् ।

विषादी र केमिकलयुक्त खानाले क्यान्सरको भयावह बढेको भन्दै उनले यस विषयमा गम्भीर हुन सबैलाई आग्रह गरे । संवाद समूह सुनसरीको आयोजनामा बिर्तामोडमा भएको एक कार्यशालामा उनले आम नागरिकमा चेतनाको कमी रहेकाले चेतना बढाउने कार्यमा अग्रसर हुन आग्रह गरे ।

उनले भने– ‘तपाईंहरु हरेकले सानो भए पनि पहल गरिदिनुहोस्, यसले गर्दा हाम्रा सन्ततीहरु निरोगी हुने र बढी बाच्न सक्ने थिए ।’

विषादीयुक्त सागसब्जी, फलफूल र अन्य केमिकलयुक्त खानाले मानिसको स्वास्थ्यमा धेरै नै समस्या आइरहेको उनले बताए । मानिसको स्वास्थ्यको लागि पुरानो र पुनः प्रयोग गरिएको तेल, चिनी र नुन खतरनाक रहेको जनाए । घलेले मानिसको शरीरलाई २० प्रतिशत एसिडिक र ८० प्रतिशत अल्कालाइन खानेकुरा आवश्यक भएको तर, अहिले मानिसको उपभोग संस्कृति यसको ठीक विपरित भइरहेको बताए ।

मानिस पूर्ण स्वस्थ हुनको लागि उसको शरीरमा ‘पिएच लेवल’ ७.३५ देखि ७.४५ सम्म हुनुपर्ने बताउँदै घलेले यस्तो पिएच ब्यालेन्स भएको मानिसलाई कुनै रोग नलाग्ने दाबी गरे । ०–१४ सम्मलाई पिएच सन्तुलन मापनको आधार मानिन्छ भने जसमा ७ भन्दा कम पिएच भए एलिडिक र त्यसभन्दा बढी भए अल्कालाइन मानिन्छ ।

पिएच सन्तुलित राखी निरोगी रहनका लागि कूल खानाको ८० प्रतिशत अग्र्यानिक फलफूल सागसब्जी सेवन गर्न उनले सबैलाई सुझाव दिएका छन् ।

पछिल्लो समय मानिसको जीवनशैलीमा आएको अल्छेपनका कारण समेत रोग बढेको उनले बताए । उनले नियमित शारीरिक व्यायाम तथा हिँडडुल गर्न जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here