गजल: तिम्रो वचनवाणले मन दुखाएकी छु

0
711

 

 

तिम्रो वचन वाणले मन दुखाएकीछु अलिकति
पिरले तिम्रो यो ज्यान फ़ेरि सुकाएकीछु अलिकति ।

तिम्रो मेरो प्रेम सम्बन्ध बारे समाजले प्रस्न सोध्दा
लाचार हुँदै यो ठाडाे शीर झुकाएकिछु अलिकति ।

रोक्दा रोक्दै पनि अश्रुहरु छचल्किन्छ कहिलेकाही
दुई नयन भित्र परेलीमा लुकाएकीछु अलिकति ।

तिम्रो हातले सीरमा सिन्दुर भर्ने मनको अभिलासा
तिम्ले साथ छोडदा आसाहरु चुकाएकीछु अलिकति ।

तिम्रो मनमा मेरो माया निखारिए झै लाग्छ अचेल
जतन गरि धड्कन भित्र मैले छुपाएकीछु अलिकति ।

                                                                                                            सरु लोहनी

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here