विराटनगर,
भर्खरै सम्पन्न साग खेलमा कास्य पदक विजेता विराटनगरकी राष्ट्रिय खेलाडी प्रेरणा कोइरालालाई शुक्रबार यहाँ सम्मान गरिएको छ ।
विराटनगर महानगरपालिका–११ वडा कार्यालयबाट गरिएको सो सम्मानमा कास्य पदक विजेता कोइरालालाई रु ११ हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ । प्रदेशसभा सदस्य नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले राष्ट्रको गरिमा बढाउन खेलाडीलाई उच्च सम्मान हुनुपर्ने बताउनुभयो ।
उहाँले विजेता कोइरालालाई रु ५१ हजार नगद प्रदान गर्ने घोषणा गर्नुभयो । विराटनगर महानगरपालिकाका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले कास्य पदक विजेताले राष्ट्रिय गौरव बढाउनु भएको बताउनुभयो ।
सम्मानित खेलाडी कोइरालाले देशवासीको प्रेरणा र हौसलाले आगामी अझ सफलता पाउन मलाई उत्साह मिलेको छ भन्नुभयो ।


























