गोठमा आगलागी हुँदा एक जनाको ज्यान गयो

0
468

गुल्मी, 

गुल्मीको इस्मा गाउँपालिका–३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ ।

स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा शुक्रबार राति अचानक आगलागी हुँदा एक अपरिचित व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिनुभएको । आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको शव पहिचान हुन सकेको छैन ।

घरका कुनै पनि व्यक्ति गोठमा नसुतेका कारण शव कसको हो भन्नेबारेमा अझै जानकारी नभएको बताइएको छ । घटनाको जानकारी पाएपछि आज बिहान इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगलागीबाट गोठमा रहेका भैँसी र गोरुसमेत जलेर घाइते बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here