आजदेखि भद्रपुरमा भलिबल

0
495

भद्रपुर।

भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिभर साइड ‘विच’ भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आज शनिवारदेखि भद्रपुर–५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजनामा हुने दोस्रो संस्करणको विच भलिबल प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुँदैछ । विच भलिबलको उद्घाटन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रवेशद्वार मेची पुलको तल नदीमा आयोजना हुने प्रतियोगितालाई सन् २०२० पर्यटन वर्षसँग जोड्नुका साथै पूर्वी सीमा नाका मेची नदीमा अवसर र चुनौति, बनाऊ हामी सबै मिली यसलाई साझा सम्पत्ति भन्ने सन्देश दिन लागेको वडाध्यक्ष काकीले बताए । ‘गतबर्ष सफतापूर्वक सम्पन्न भएको प्रतियोगितालाई भव्यता दिन सम्पूर्ण तयारी पूरा भइसकेको छ’– वडाध्यक्ष कार्कीले भने– ‘नेपाल भारतबीच सद्भाव र एकता कायम राख्न पनि यसले सन्देश दिनेछ ।’

प्रतियोगितामा नगरभरिका १० वटा वडाले सहभागिता जनाउने भएका छन् । उद्घाटनमा चार वटा खेल हुनेछ । उद्घाटन खेल वडा १ र ५, वडा ३ र ७, वडा ४ र ८, वडा २ र ६ बीच हुने जनाइएको छ ।

बिजेता टिमलाई नगद ३० हजारसहित शिल्ड प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद २० र तृतीय हुने टिमलाई नगद १० हजारसहित शिल्ड प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको लागि वडाको सिलिङबाट १ लाख ७० हजार छुट्याइएको छ ।

त्यसैगरी सोही अवसरमा दुई जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । पत्रकारगोपाल गिरी र माधव विद्रोहीलाई नगदसहित सम्मान गरिने वडाध्यक्ष कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here