‘बेलाबेलाका वैचारिक बिम्व’ भित्र खनाल

५ पुष २०७६, शनिबार मा प्रकाशित

भूवन तामाङ,

‘बेलाबेलाका वैचारिक बिम्व’ मा अग्रज साहित्यकार रोहिणीविलाश लुँइटेलको निबन्धको परिभाषासहित प्रस्तुत कृतिबारे भूमिका प्रकाशित भएको छ ।

‘यस कृतिभित्र विभिन्न शीर्षकका लेखमा नेपाल राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, सदाचारदेखि लिएर समाजका विकृति, विसंगति, कुसंस्कार, भ्रष्टाचार एवम् विदेशीको गोटी भएर राष्ट्रिय विखण्डन ल्याउनमा लागीपरेका नेतृत्ववर्गको चरित्रसमेत उदाङ्गो पारिदिएका छन् । दिउँसै गौहत्या गर्ने, चेलिबेटी बेचबिखन गर्ने, हिन्दूधर्म मासेर धर्म निरपेक्षको लाजै नमानी घोषणा गर्ने, विदेशी धर्म, संस्कृतिको खुला प्रचारप्रसार गर्न दिने जस्तो घोर राष्ट्रघात आदि विषयमा स्रष्टा खनालले निर्भीक भएर लेखेका छन्’– साहित्यकार लुँइटेलको उद्गार प्रकाशित भएका छन् ।

‘इतिहासलाई साक्षी राखेर वर्तमानसम्म आइपुग्दा ‘मै खाऊँ, मै लाऊँ, सुख सयल मोज मै गरुँ’ भन्ने नेताले सत्ता हातमा लिएर जनतालाई ढाँट्ने र झुक्याउने बाहेक राष्ट्र र जनताप्रति इमान्दार नभएको ठहर गरी नयाँ कामना साप्ताहिक पत्रिका मार्पmत २०४७ सालदेखि २०६८ सालसम्म प्रकाशित सम्पादकीय लेखेहरुमध्येका समयसान्दर्भिक घटनाक्रमलाई पुनः किताबको रुपदिई बेलाबेलाका वैचारिक बिम्व नामक कृति पाठक समक्ष पस्किने आँट गरेको छु । यसरी २० वर्षसम्म लेखिएका ९४० वटा सम्पादकीयमध्येबाट ९३ वटा सम्पादकीयलाई फुत्त निकालेर केही छाँटकाँट गरी तयार पारिएको कृतिका बारेमा विद्वान्, कवि, शास्त्रीय छन्दका ज्ञाता रोहिणीविलाश लुँइटेलले अध्ययन गरी सारसंक्षेपमा पाठकले बुभ्mने गरी भूमिका लेखेर जुन गुन गर्नुभयो उहाँप्रति म हृदयदेखि नै नमन गर्दै आभार प्रकट गर्दछु ।’ कृतिकार खनालको भनाई प्रकाशित भएको छ । यसबाट के बुझिन्छ भने यस कृतिभित्रका लेखहरु नयाँ रचना नभएर पहिल्यै प्रकाशित (सम्पादकीय) लेखहरुको संगालो हो ।

गोपीकृष्ण खनालको यस पुस्तकमा प्रकाशित सम्पादकीय÷लेखहरुमध्ये पहिलोमा नेपालमा वि.संं. २०४७ पछि नेपालमा बहुदलीयताको नाममा धेरै राजनीतिक पार्टी खोलिनाले समस्या पैदा भएको स्रष्टा खनालको विचार व्यक्त भएका छन् । तत्कालीन अवस्थामा आयोगले बनाउने संविधानमा जनताका मौलिक हकहरु कतिको समेटिने हुन् ? चिन्ता व्यक्त गरिएको छ । लेख दुईमा, बहुदल लागू भएपछि जनताले सुख पाउने भनेर दलहरुले सपना बाँडेका थिए तर त्यही बहुदलीय व्यवस्थाको बिरोध शुरु भएको यथार्थता उल्लेख गरिएको छ । कतिपय पञ्चहरु बहुदलमा छिरेकोप्रति व्यंग्य गरिएको छ । लेख तीनमा, राजनीतिज्ञहरुले ‘मै खाऊँ मै लाऊँ, सुखसयल मोज मै गरुँ’ नेपाली उखान चरितार्थ पारेको कटुसत्य व्यक्त भएको छ । लेख चारमा, नेपालमा धर्म परिवर्तन भइरहेको र गौहत्या शुरु भएकोमा चिन्ता व्यक्त गरिएको छ । लेख पाँचमा, नेपालमा प्रजातन्त्र आए पनि सत्ताको कार्यशैली पुरानै भएको विचार पोखिएको छ ।

लेख छ मा, शहीद परिवारहरुले राहत सहयोग नपाएका, नेताहरु जता मल्खु उतै ढक्लु प्रवृत्तिका भएका, लेख सातमा ः २०११ सालमा भएको कोशी नियन्त्रण र तटबन्धनबारेको नेपाल भारतबीचको सम्झौता पुनरावलोकन हुनुपर्ने, लेख आठमा ः माओवादीले थालेको जनयुद्धकालमा माओवादी र राज्यपक्षद्वारा भएको हत्याहिंसाबारे चिन्ता व्यक्त, लेख नौमाः कोशी, गण्डकी, कर्णाली, महाकाली, कालापानी भारतलाई सुम्पनेमा कोइराला परिवारको नाम अग्रपंक्तिमा रहेको, भुटानबाट नेपाली जातिहरु खेदिएकोबारे सार्क संगठनले चासो राख्नुपर्ने धारणा व्यक्त गरिएको छ ।

लेख पैँतालीसमा, ब्रिटिसले भारतको भूमि छाडेर जान लाग्दा सुगौली सन्धीको पुनर्मूल्यांकन गरी भारतमा मिसाएको टिष्टा, सतलज, कांगडा आदि फिर्ता गर्न चाहेको भए पनि तत्कालीन राणाशासनको अदूरदर्शीताले गुमाउनु परेको पीडा पोखिएका छन् । लेख छयालीसमा, हामी नेपाली पराइले थाङ्नामा सुताई नाक काटेको र सिंगान पुछेको थाहा नपाउने भएका छौँ लेख्दै नेपाली भाषा बिग्रदैँ गएकोप्रति चिन्तन गरिएको छ । लेख सढ्चालीस र अठ्चालीसमा, किरियाकर्मकाण्ड छोट्याउने अभियानप्रति र नेपाली चाडवाड मान्न छाड्ने प्रवृत्ति र पश्चिमा धर्म, संस्कृतिले नेपालीलाई प्रभाव पार्दै आएको प्रति चिन्ता व्यक्त गरिएको छ । लेख उन्पचासमा नेपाल कृषि र वन क्षेत्रप्रतिको सरकारी कमजोरी औँल्याइएको छ । लेख पचासमा, नेपालमा बाढीजन्य प्राकृतिक प्रकोप व्यवस्थापन गर्न नेपालको सरकारहरु सिपालु नभएको ठम्याइ उल्लेख छ ।

लेख उनानब्बेमा, सातसालदेखि २०६५ सालसम्म आइपुग्दा पनि नेपाली राजनीतिक पार्टीहरु परिपक्व नभएको विचार व्यक्त भएका छन् । लेख नब्बेमा, पशुपतिनाथका भट्ट परिवर्तन गर्ने अभियान र पशुपतिनाथमा राजनीतिक घुस्नु गलत भएको विचार पोखिएका छन् । लेख एकानब्बेमा, संविधानसभाले निर्माण गर्ने नयाँ संविधानले नेपालको पुराना धरोहरलाई कत्तिको समेट्ने हुन् भनी चिन्तन गरिएको छ । लेख बयानब्बेमा, माओवादीले जातका आधारमा राजनीतिक गर्नु गलत रहेको र यसले जनएकता भाँडिने विचार व्यक्त भएका छन् । लेख त्रियानब्बेमा, नेपालमा पहिचानवादी आन्दोलन कस्का कारण किन गरियो ? भन्ने प्रश्न गर्दै खासगरी गाईलाई नै राष्ट्रिय जनावर मान्नुपर्ने दृढ मान्यता राख्दै गौहत्याप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ । कृतिभित्रका लेखहरुका विशेषता यस्तै रहेका पाइन्छन् । जसको अध्ययनले पाठकवर्गले धेरै कुराको ज्ञान पाउने छन् ।

कृतिभित्रका सम्पादकीय÷लेखहरुले गोपिकृष्ण खनाल एक राष्ट्र चिन्तक हुन् भन्ने दर्शाउँदछन् । लामो समय पत्रकारिता कर्ममा सम्बद्ध भएर सम्पादकीयमार्पmत देशप्रति अगाध प्रेम दर्शाउने एक सच्चा राष्ट्रवादी भएको महशुस हुन्छ । मोफसलमा लामो समयसम्म पत्रकारितामा टिक्नु चानचुने त्याग पक्कै होइन । खनालको प्रस्तुत कृतिभरी देशको प्रणाली, वैचारिक, बौद्धिक कमजोरीहरुप्रति पिरलो पाइन्छ । चाहेमा र जानेदेखि छोटै अवधिमा नेपाल संसारकै समृद्ध र उत्कृष्ठ राष्ट्र हुनसक्ने सम्भावना रहँदारहँदै पनि राजनीतिक नेतृत्वहरुले देशलाई शताब्दियौँ पछाडि धकेलेकोप्रति कृतिमा अत्यन्त चिन्ता व्यक्त गरिएको छ । २०६८ सालसम्मका प्रसंगहरुप्रति खनालले चिन्तन गरेका विषयहरु अभैm पनि अधुरै रहेका पाइन्छन् तर, आशा गरौँ विस्तारै सुधार हुँदै जानेछन् ।

नेपाल पत्रकार संघ मञ्जुरत्न (झापा)का सभापति रहिसकेका खनाल दर्जनौ पत्रपत्रिकामा सम्पादकको जिम्मेवारी निभाइसकेका छन् । ‘घरदलान साहित्य बुद्धशान्ति’ झापाले भर्खरै प्रकाशित गरेको ‘जमर्को’ कविता संगालोमा प्रकाशित साहित्यकार कृष्ण धरावासीको लेख (भूमिका)मा, २०३८ सालमा, मदन ढकाल र गोपीकृष्ण खनालको सम्पादकत्वमा बिर्तामोडबाट प्रकाशित हुने ‘विश्वदीप मासिक’ को संयोजकत्वमा साप्ताहिक कोठे गोष्ठी प्रारम्भ भएको र झापामा साहित्यिक लहर ल्याउनमा विश्वदीप मासिक, मदन ढकाल र गोपीकृष्ण खनालको योगदान महत्वपूर्ण बन्न गएको उल्लेख गरिएको छ । तसर्थः साहित्यक्षेत्रमा पनि खनालको योगदान रहेको छ । खनालले दर्जनभन्दा बढी संघ–संस्थामा आबद्ध रही समाज सेवा गरिसकेका र दर्जनभन्दा बढी उच्चस्तरका पुरस्कार, कदरपत्र र सम्मान प्राप्त गरिसकेका छन् । खनालका यस अघि पक्षाघात (कविता संग्रह) २०५९, यात्रानुभूति (यात्रा संस्मरण) २०६९ कृतिहरु प्रकाशित भइसकेका छन् ।

पिता मनोरथ खनाल, माता पवित्रादेवी खनालका पुत्र गोपीकृष्ण खनालको जन्म वि.सं. २००४ पुस २९ गते खाम्लालुङ्ग सामथाङ्ग तेह्रथुममा भएको हो । बिर्तामोड–४ झापामा स्थायी बसोबास रहेका खनाल अंग्रेजी, हिन्दी, बंगाली भाषा पनि जान्दथे । बेलायत, अमेरिका लगायत दर्जन विदेश र नेपालको ५० जिल्लाभन्दा बढी भ्रमण गरेका छन् । कैयन फुटकर सामग्रीहरु प्रकाशित भएका उनका प्रकाशोन्मुख कृतिहरुपनि थुप्रै रहेका छन् ।

बाडुली द्वैमासिक, विवेचना मासिक, भानु साहित्य मासिक, रहर साहित्य मासिक, साप्ताहिकहरुमा नयाँ विचार, मनकामना, नयाँ कामना र मोती समस्यापूर्ति प्रकाशन जस्ता पत्रपत्रिकाका लागि सम्पादनको जिम्मेवारी बहन गरेका अग्रज पत्रकार गोपिकृष्ण खनालले समय सान्दर्भिक, रोचक, चोटिला र निर्भीक कलमका माध्यमबाट समाज र देशका लागि अथाह योगदान गरेका छन् । रुपादेवी खनालद्वारा प्रकाशित यस ‘बेलाबेलाका वैचारिक बिम्व’ कृति लगायत उनका समस्त कृतिहरुले स्रष्टा खनाललाई अमर बनाइराख्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here