सहाराको स्थानीय साधारणसभा सम्पन्न

1
555

सुरुङ्गा ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थानीय साधारणसभा सुरुङ्गामा सम्पन्न भएको छ ।
सुरुङ्गा सेवा केन्द्रमा मंसिर २७ र २८ तथा पुस ३ र ४ गते गरी ४ दिनसम्म चलेको सो साधारणसभामा विभिन्न चरणमा गरी सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएको हो । संस्थाको आगामी पुस २६ गते विर्तामोडको अग्रसेन भवनमा हुने २३ औं केन्द्रीय साधारण सभाकालागि सवै सेवा केन्द्रहरुमा विभिन्न चरणमा २० बराबर १ का आधारमा हाल प्रतिनिधि छनौटको कार्य भइरहेको छ ।

सो अनुरुप सुरुङ्गा र कुमरखोद सेवा केन्द्र अन्तर्गत १७ सय ८० शेयर सदस्यहरुका माझ संस्थाको नियमअनुसार ८९ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनौट भएका सुरुङ्गा सेवा केन्द्रका संयोजक खड्ग प्रसाईले जानकारी दिए । कार्यक्रममा संस्थाका तर्फवाट केन्द्रीय साधारण सभाका लागि तयार गरिएको वार्षिक प्रगति प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रम र बजेट साथै लेखा परीक्षण प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

सो अवसरमा सुरुङ्गा सेवा केन्द्रले संस्थाका उत्कृष्ट १२ जना व्यवसायीहरुलाई विभिन्न विधामा सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा असल ऋणी तर्फ पदमप्रसाद अधिकारी, धनकुमारी पौड्याल, डिकवहादुर बुढाथोकी र रेनुका जोशी रहेका छन् । त्यस्तै उत्कृष्ट व्यवसायी तर्फ सीतादेवी भट्टराई, राजु बास्कोटा, भुवन अधिकारी र प्रमिलाकुमारी शाह रहेका छन् ।

त्यस्तै संस्थाका उत्कृष्ट बचतकर्ता तर्फ सीतादेवी गौतम पौडेल, अनिता बस्नेत, रामबाबु शाह र दिलिप बि.क. रहेको सुरुङ्गा सेवा केन्द्रका कर्मचारी रमेश पौडेलले जनाएका छन् । त्यसै गरी, उक्त स्थानीय साधारण सभामा सदस्य परिवार राहत कार्यक्रम अन्तर्गत ७५ वर्ष उमेर नाघेका कनकाई– ३ सुरुङ्गा निवासी संस्थाका शेयर सदस्य पदमवहादुर न्यौपानेलाई तेस्रो किस्ता स्वरुप नगद १ लाख प्रदान गरिएको छ ।

सम्मानित सवै सदस्यहरुलाई नगदसहित सम्मान पत्र र खादा ओढाएर विशेष सम्मान गरिएको संस्थाका सहसचिव ज्ञानुनाथ मैनालीले बताए । सुरुङ्गा सेवा केन्द्र अन्तर्गतको स्थानीय साधारण सभामा संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला, सहसचिव ज्ञानुनाथ मैनाली, कोषाध्यक्ष डम्बरवहादुर देउजा, लेखा सुपरीवेक्षण समिति संयोजक भरतकुमार भट्टराई, नेत्रप्रसाद नेपाल, ईश्वरप्रसाद भट्टराई, नरहरि न्यौपाने, लक्ष्मण खतिवडा, पदमलाल भट्टराई, श्यामकुमार दहाल, एकराज गिरी, भीम खबास, युवराज निरौला, उरादेवी मिश्र लगायतले सहजीकरण गरेका थिए ।

1 COMMENT

  1. “”आर्थिक बिश्लेशणकर्ता “” को खोजि गरि त्यस्ता पाटाको पनी समाचार तयार पार्नु पर्यो।

    सहारा को यस बर्स सरकारले 75% कर छुट नदिएको भए करिब 5 करोड नाफा कम हुने थियो… अर्थात पोहोर(2074/2075) भन्दा यसपाली नाफा प्रगती कम छ। सायद यसपालि 13 % जति मात्र बोनस दिन सक्थ्यो। तर share holder को good luck , कर छुट भैदियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here