अन्तरराष्ट्रिय महोत्सवको तयारी

0
597

भद्रपुर, 

मेचीनगरमा आयोजना हुन लागिरहेको तेस्रो अन्तरराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवमा रहने सबै २०० प्रदर्शनी कक्ष रहने छन् । मेची उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने सो महोत्सव यही पुस ९ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनुभयो ।

महोत्सव पुस १७ गते समापन हुनेछ । काँकडभिट्टा नाकाबाट चार किलोमिटर पश्चिमस्थित ऐतिहासिक बजार धुलावारीमा महोत्सवस्थललाई सिङ्गारिएको छ । महोत्सवमा एक लाख ५० हजार अवलोकनकर्ता भित्र्याउने आयोजकको लक्ष्य छ ।

ताप्लेजुङको प्रसिद्ध पाथिभरा देवीको मन्दिरमा जानका लागि र झापाको हवाई दृश्यावलोकनका लागि हेलिकोप्टर भाडामा उपलब्ध हुने सङ्घका कार्यकारी अधिकृत गोपाल बस्नेतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here