मैनाली समाजको छैठौं सभा

0
918

सुरुङ्गा ।

मैनाली समाज नेपाल जिल्ला कार्यसमिति झापाको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजको कुलदेवीको मन्दिर भएको स्थल कालिका सामुदायिक भवनको सभाहलमा भएको कार्यक्रममा समाजका विविध क्षेत्रमा उत्कृष्ट कार्य गर्ने मैनाली समाज र मैनाली इतरका महानुभावलाई अभिनन्दित, सम्मानित र पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा ७५ वर्षमाथिका मैनाली ज्येष्ठ मातापिताहरु तुलसीप्रसाद मैनाली, हरिप्रसाद मैनाली, लक्ष्मीदेवी मैनाली, दधिराम मैनाली, हरिमाया मैनाली, रामप्यारी मैनाली, चन्द्रमाया मैनाली, छलिमाया मैनाली, काशीमाया मैनाली र गंगादेवी मैनालीलाई नगदसहित दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा २०७५ को एस.ई.ई.मा मैनाली बन्धुबाट झापामा सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट हुने विद्यार्थीहरु लेबिचन मैनाली, ललिता मैनाली, दीक्षा मैनाली, असिम मैनाली, चाँदनी मैनाली, निकिता मैनाली, निर्मल मैनाली, रविना मैनाली, कञ्चन मैनाली, समीक्षा मैनाली, स्वायुका मैनाली, हेमन्त मैनाली, समित मैनाली, आर्य मैनाली र क्षितिज मैनालीलाई काशी शिक्षा पुरस्कारबाट सम्मानित गरिएको थियो ।

त्यसैगरी सामाजिक क्षेत्रमा क्रियाशील मैनाली बन्धुलाई सम्मान गर्ने परम्परा अनुरुप मैनाली समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवम् झापाका पूर्व अध्यक्ष मीनप्रकाश मैनालीलाई समाजलाई पु¥याएको योगदानका कदर गर्दै सम्मान गरिएको थियो ।

यसै गरी दमक निवासी अग्रज शिक्षाकर्मी छबिलाल सिटौलालार्ई मैनाली उत्कृष्ट समाजसेवा पुरस्कारद्वारा सम्मान गरिएको थियो । सो कार्यक्रममा उत्कृष्ट चेलीतर्फ सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली (उप्रेती) र उत्कृष्ट बुहारीतर्फ कनकाई–८ निवासी यसोदा चुडाल (मैनाली) पुरस्कृत तथा सम्मानित गरिएको थियो । कार्यक्रम झापा अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षता र पूर्व मन्त्री राधाकृष्ण मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सो अवसरमा गायिका अनुषा चुडालको गीतको प्रस्तुति रहेको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व छबिलाल सिटौला, विष्णु मैनाली (उप्रेती), प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा अध्यक्ष डिल्लीराम मैनालीद्वारा प्रस्तुत अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष अम्बिका मैनालीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सचिव रामप्रसाद मैनालीद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन पारित गरिएका थिए ।

कार्यक्रममा शिक्षासेवी चन्द्रप्रसाद मैनाली, निर्माण व्यवसायी रामप्रसाद मैनाली, सल्लाहकारहरु त्रिलोचन मैनाली, भवानी मैनाली, ज्ञानुनाथ मैनाली, डा. लक्ष्मीप्रसाद मैनाली लगायतको आतिथ्य रहेको थियो । जिल्ला समितिका उपाध्यक्ष श्रीप्रसाद मैनाली (जलथल) को स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव रामप्रसाद मैनालीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here