त्रिनेत्र बहुउद्धेश्यीयको १७औं सभा सम्पन्न

0
561

अर्जुनधारा ।

झापाको बिर्तामोड–४मा रहेको त्रिनेत्र बहुउद्धेश्यीय सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष केशवकुमार खड्काको अध्यक्षता र झापा जिल्ला सहकारी संघ लेखा समितिकी सदस्य पम्फा विश्वकर्माको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष विजयकुमार राजवंशीले व्यक्त गरेका थिए ।

सभामा समितिका अध्यक्ष खड्काले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक गणेशबहादुर रायाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार जम्मा चुक्ता शेयर पूँजी ६० लाख २८ हजार रुपैयाँ रहेको संस्थाको गत आर्थिक वर्ष ०७५÷०७६को जम्मा आम्दानी ४३ लाख ९३ हजार सात सय ६६ रुपैयाँ, जम्मा खर्च ४१ लाख ८१ हजार पाँच सय ५४ रुपैयाँ ९४ पैसा र खुद नाफा एक लाख ६९ हजार सात सय ६८ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा एक करोड ९९ लाख १७ हजार ३२ रुपैयाँ निक्षेप संकलन र तीन करोड २३ लाख ९१ हजार तीन सय ५२ रुपैयाँ कर्जा लगानी गरेको संस्थाले चालु आर्थिक वर्ष ०७६÷०७७ को लागि अनुमानित ७२ लाख २२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रमहरु प्रतिवेदनमा उल्लेख गरेको छ ।

सोही सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ज्येष्ठ शेयर सदस्यद्धय बेनुप्रसाद पनेरु र रामचन्द्र गिरी, बाल बचतकर्तातर्फ अस्मी तामाङ, अंशु भट्टराई, सन्देश राई र हार्दिक खरेल, आवधिक बचतकर्तातर्फ ठूलीकान्छी राई, पूष्पराज भण्डारी, मन्दा उप्रेती, मनोज रञ्जितकार, लक्ष्मी श्रेष्ठ, विष्णु राजवंशी र वेदकुमारी आले रहेका छन् ।

अन्य सम्मानित हुनेहरुमा उत्कृष्ट उद्यमीतर्फ अमितकुमार गुप्ता, मुना श्रेष्ठ र शान्ता श्रेष्ठ तथा उत्कृष्ट कर्मचारीतर्फ अर्जुनकुमारी खरेल र कमला थापा रहेका छन् ।

सभामा नगर सहकारी समन्वय समितिका संयोजक प्रेमसागर सापकोटा, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, जलेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गोविन्द खतिवडा, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी व्यवस्थापक पवित्रा श्रेष्ठ गिरीलगायतको आतिथ्यता रहेको थियो । सभाको सञ्चालन व्यवस्थापक चन्द्रदास खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here