कुखुराको खोरमा गाडेका नौ हजार थान गोली बरामद

0
661

झापा ।

प्रहरीले सुनसरीको बराहक्षेत्रमा एसएल आर हतियारसहित ठूलो मात्रामा गोली फेला परेको छ ।

कुखुराको खोरमा गाडेर राखेको अवस्थामा नौ हजार थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गोली र हतियार जमिनमुनि राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त हतियार र गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए ।

घटनास्थलमा बरामद गरिएको हतियारबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख पोख्रेलले बताए । ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

यसैबीच बरामद गरिएको एसएमजी हतियारसहित ठूलो मात्रामा फेला परेको गोली नेपाली सेनाले लगेको छ । बराह क्षेत्र ५ भरौलस्थित खेमराज प्रधानको कुखुराको खोरमा गाडेर राखेको अवस्थामा एउटा एसएमजीसहित ९ हजार ९८२ थान गोली फेला परेको थियो ।

बरामद हतियार र गोलीको सम्बन्धमा अनुसन्धान गर्न नेपाली सेनाको पूर्वी पृतना इटहरी लगिएको सुनसरीका प्रहरी प्रमुख एसपी पोखरेलले जानकारी दिए । ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो ।

गोली बरामद भएपछि प्रदेश–१ मा प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको जनाइएको छ । प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका अनुसार पूर्वी क्षेत्रमा अपराधका घटना बढ्न सक्ने भएकाले उच्च सर्तकता अप्नाइएको छ । गोली कसले र किन राखेको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here