चिसो बढेपछि दमकका सबै विद्यालय तीन दिनका लागि बन्द

0
561

झापा,

चिसो अत्यधिक बढेपछि दमक नगरपालिकाभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द भएका छन्।

केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकाले दैनिक पठनपाठनमा असहज भएको हुँदा सोमबारदेखि बुधबारसम्मका लागि नगरका सबै विद्यालय बिदा गरिएको हो।

अन्य बिदामा मिलान गर्ने गरी बिदा दिने निर्णय गरिएको नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी जानकारी गराइएको छ। त्यस सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएको जनाइएको छ।

यसअघि जिल्लाकै गौरीगञ्ज गाउँपालिकाले पनि जाडोका कारण दैनिक पठनपाठन सञ्चालन गर्न कष्टकर भएको भन्दै आगामी मंगलबारसम्मका लागि तीन दिन नै विद्यालय बिदा गर्ने सार्वजनिक गरिसकेको छ। यस्तै, सुनसरीको इनरुवा नगरपालिकाले पनि दुई दिनका लागि नगर क्षेत्रभित्र रहेका विद्यालयमा बिदा दिएको छ।

नगरपालिकाले सूचना जारी गर्दै अत्यधिक चिसोका कारण नगर क्षेत्रका विद्यालयमा सोमबार र मंगलबार बिदा दिएको नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिए।

चिसोमा बालबालिकालाई आउनजान र पठनपाठन गर्नका लागि समस्या हुने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए।

नगरपालिकाले दिने गरेको विद्यालय बिदाको विषयमा विभिन्न टिप्पणी भएपछि नगरपालिकाले स्थानीय सरोकारवालासँग छलफल र परामर्शपछि मात्र बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here