बिर्तामोडबाट न्यानो कपडा बितरण शुरु

0
795

बिर्तामोड ।

जाडो मौसम शुरु भए संगै झापा बिर्तामोडबाट न्यानो कपडा बितरण शुरु गरिएको छ ।

सामाजिक अभियान्ताहरुको आर्थिक सहयोग र बिर्तामोड नगरपालिकाको समन्वयमा सामुदायिक बिद्यालयका विद्यार्थीहरु लाई स्विटर तथा टोपी बितरण गतिएको कार्यक्रमका सचीव अविरल कृष्ण खरेलले बताए ।

एक हजार विद्यार्थी लाई न्यानो कपडा बतरण गर्ने लक्ष्य राखिएको समितिका कोशाध्य्क्ष तथा वडा नम्बर २ का सदस्य किशोर पौडेलले जानकारी दिए । सामाजिक तथा व्यावसायिहरुको आर्थिक सहयोग जुट्न थाले पछि बिर्तामोड नगरपालिकाले एक लाख नगद उपलब्ध गराए पछि आज बाट बतरण कार्य थालिएको हो ।

बिर्तामोड ९ मा रहेको देवकोटा आधारभूत बिद्यालयका १ सय १५ जना लाई सामाग्री बितरण गरिएको बिर्तामोड नगरपालिका उप–प्रमुख पबित्रा महतरा प्रसाईंले बताइन । समितिका संयोजक सरोज पौडेलको अध्यक्षता रहेको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष पबित्रा पाठकले पबित्र अभियानमा सहयोगी लाई धन्यवाद दिइन् ।

उप–प्रमुख पबित्रा प्रसाईंको प्रमुख आथित्यता रहेको कार्यक्रममा विद्यालयका प्रध्यानाधापक मुकुन्द रेग्मीले स्वागत तथा अभियानका कोशाध्यक्ष किशोर पौडेलको प्रष्ट पारेका थिए । कार्यक्रमको सन्चालन सचिव खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here