बिर्तामोड।

बन्दी सहायता नेपालद्वारा सञ्चालित अर्जुनधारा नगरपालिका– ११ मा रहेको मनमाया आमा, गंगा आमा र ब्वाइज होमका बालबालिकालाई ५० मन धान मलेसियन दाता एनजि च्वाङ्गले प्रदान गरेका छन् ।
त्यसैगरी जुनकीरी सार्वजनिक प्राविका बालबालिकाका लागि नगद १० हजार पाँच सय र ग्यास चुलो सिलिण्डर बिर्तामोड निवासी सन्तोष राजवंशीले प्रदान गरेका छन् भने डब्लु सिएन संस्थाका दुर्गा काफ्लेले बालबालिकालाई इलेक्ट्रोनिक कित्ली प्रदान गरेका छन् ।
संस्थाका पूर्वाञ्चल संयोजक जगतबहादुर रानामगरको अध्यक्षता तथा प्रदेश सदस्य जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षक गीता खरेलले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख सुमित मगर हलेशी ट्रेडलिङ्कका सञ्चालक चुडामणि पौडेल, डब्लु सिएनका दुर्गा काफ्ले मारवाडी सेवा समितिका पूर्व अध्यक्ष सुवास मुरारका, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर राई, डम्बरबहादुर श्रेष्ठ, नरेश न्यौपाने, गणेश ढुगाना लगायतले दाता प्रति धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा संस्थापक इन्दिरा राना मगरले औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए ।































