‘सहारा नगरकै सहारा ’

0
751

बिर्तामोड, बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले सहारा नेपाल सहकारी संस्था शेयर सदस्यका लागि मात्रै सहारा नभई सिङ्गो नगरकै लागि सहारा भएको बताएका छन् ।
सहाराले नगरसंग सहकार्य गर्दै विपन्न आवास कार्यक्रमदेखि अन्य आय आर्जनका क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएकाले नगरको सहरा भएको नगरप्रमुख शिवाकोटीले बताएका छन् । उनले मंगलावार गरामनी स्वास्थ्य संस्थामा आयोजित नसा न्यूरो सम्वन्धि निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा समेत सहकारीले नगरले गर्नु पर्ने काम गर्दै आएको बताए । नगरका नागरिक निरोगी राख्न सहाराले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै सहारा नेपाल सवैको सहारा भएको बताएका छन् ।


नगरप्रमुख शिवाकोटीले सहारा सहित विएण्डसी अस्पताल, हेवन वटर पार्क नगरकै राम्रा र ठूला आयोजना निजी क्षेत्रका आयोजना भएको धारणा राखे । ठूला निजी संस्थाका कारण नगरको परिचय नै फेरिएकाले त्यस्ता ठूला योजनाको संरक्षण गर्नु पर्ने नगरको दायित्व भएको धारणा राखे ।
बिर्तामोड नगरपालिकाको सहयोगमा सहारा नेपाल सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविर कार्यक्रममा वीएण्डसी अस्पताल बिर्तामोड , अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौं र फेमिली हेल्थ नेपालको प्राविधिक सहयोगमा रहेको थियो ।
सो सिविरमा ३०४ जनाले दर्ता गराएका थिए । जसमा २ सय १६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा ७४ जनाको सीटी र एमआरआई गर्नु पर्ने तथा ४० जनालाई फिजियोथेरापी गर्नु पर्ने विरामी भेटिएको बताइएको छ । त्यस्तै चार जनालाई थप उपचारका काठमाडौं रेफर गरिएको छ । काठमाडौं रेफर गरिएका विरामीलाई डा वसन्त पन्तले थप उपचार गर्ने छन् ।
गरामनी स्वास्थ्य चौकीमा भएको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा वीएण्डसी अस्पतालका डा दीनेशकुमार थापाले स्वास्थ्य जाँच गरेका थिए ।
सहारा नेपाल सहकारी संस्था बिर्तावजार सेवा केन्द्र सहयोग समितिका टंक प्रसाद दवाडीको अध्यषतामा भएको कार्यक्रममा सहकारीका जीवन वरदान कार्यक्रम संयोजक भक्तवहादुर खड्काले स्वागत गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख राजीवकुमार विष्ट, बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेल, गरामनी वजार व्यवस्थापन समितिका किशोर भट्टराई , बिर्तामोड – ८ का कार्यवहाक अध्यक्ष दीपक भट्टराई, सहकारीका यादवकुमार ओली लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन गणेश उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here