यस कारण सफल भए झापाका एसपी मैनाली

0
1139

 

बिर्तामोड,

प्रधानमन्त्री केपी शर्मा ओलीको  गृह जिल्ला भएका कारण पनि झापालाई सुरक्षाका दृष्टिले महत्वपूर्ण रुपमा हेरिने गरिएको छ । झापाका सुरक्षाकर्मीलाई पनि प्रधानमन्त्रीको साख जोगाउन सकस नै हुन्छ । राजनीतिक दृष्टिकोणले पनि यहाँको सुरक्षाको विषय निक्कै महत्वपूर्ण मानिन्छ ।

झापाको एक कार्यक्रममा सहभागी भएर राजधानी फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)लाई प्रतिवन्ध गरे लगत्तै विप्लव माओवादीले झापाका विभिन्न स्थानमा विष्फोटका घटनाहरु योजनावद्ध घटाएर जिल्लावासीलाई त्रसिद बनाएका थिए । सरकारी कार्यालयदेखि वित्तीयसंस्था, एनसेलका टावरमा ऋङ्खलावद्ध रुपमा वम विष्फोट गराएर प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न चुनौति विप्लव माओवादीले थपेको थियो । तर, जिल्ला प्रहरी कार्यालय झापाले विशेष सुरक्षा रणनीति अपनाउँदै झापाबाट मात्रै जिल्ला इञ्चार्ज सहित ३२ जना विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएसंगै शान्ति सुरक्षा कायम राख्न झााप प्रहरी सफल बन्यो । जसको नेतृत्व गरेका थिए प्रहरी उपरीक्षक दीनेशराज मैनालीले ।उनकै योजना अनुसार जिल्लाका विभिन्न स्थानबाट विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा लिएका मध्ये अझैंपनि एक जना विप्लवका कार्यकर्ता प्रहरीकै नियन्त्रणमा छन् । पक्राउ परेका मध्ये ६ जनालाई कारगार चलान गरिएको छ भने ६ जनालाई नै थप कारवाहीका लागि अन्य जिल्लामा वुझाईएको छ । अनुसन्धानपछि सात जना पक्राउ परेक ाविप्लवका कार्यकर्ता छुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । १२ जनाले पार्टी परित्याग गरेको जिल्ला प्रहरी कार्यालय झापाले मंगलावार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।प्रहरीले अर्जुनधारा १ स्थित शान्ति टोलवाट ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेको थियो । त्यस्तै मेची भन्सार कार्यालयको यात्रु शाखा कार्यालयको कम्पाउण्ड भित्र झोलामा राखिएको अवस्थामा तार जडित ५० थान डेटोनेटर, एक सय ९९ थान लोला वरामद गरेको थियो । प्रहरीले कटुवा पेस्तोल दुई थान सोमा प्रयोग हुने चार राउण्ड गोली , पाँच वटा मोवाइल सेट वरामद गर्दै विप्लवको गतिविधिलाई निष्तेज पारेको थियो ।अपराध अनुसन्धानमा विशेष ध्यान दिने प्रहरी उपरीक्षक मैनालीले चोरी तस्करी नियन्त्रणका क्षेत्रमा समेत उत्तिकै भूमिका निर्वाह गरेको बताइएको छ । उनकै पहलमा झापामा लामो समयदेखि हुँदै आएको पशु चौपाय तस्करी नियन्त्रणको अभियान नै सञ्चालन भयो । नेपालबाट गाई विदेश लान प्रतिवन्ध छ । तर, तस्करीमा सम्लग्नले घुमाउरो वाटो हुँदै दिनहुँ गाई गोरु  तस्करी गर्दै आएका थिए । कानून त गाई विदेश लान नपाइने भएपछि उनको प्राथमिकतामा परेको थियो गाई गोरु तस्करी नियन्त्रण पनि । उनले विभिन्न ठाउँवाट तस्करी गरिएका गाई गोरु नियन्त्रणमा लिँदै भन्सार बुझाएका छन् । प्रहरी उपरीक्षक मैनालीकै नेतृत्वमा जिल्लामै पहिलो पटक तस्करीमा प्रयोग गरिएका दुई वटा ट्रक नियन्त्रणमा लिएर भन्सार बुझाइएको थियो ।

ट्रक सहित चौपाय नियन्त्रणमा लिएसंगै प्रहरी उपरीक्षक मैनालीको सरुवाको चलखेल सुरु भएको थियो । तर, उनले आफ्नो कामलाई निरन्तरदा दिएसंगै तस्करीमा सम्लग्नहरु समेत तिलविलाएका थिए । ११ महिनाका अवधिमा ५४ वटा गाई, २०५ गोरु, सात वाछा, ७ वाच्छी गरी दुई ७४ वटा पशु चौपायाका साथै चौपाया तस्करीमा प्रयोग भएका चारवटा पिक अप र दुई वटा ट्रकलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि भन्द्रपुर भन्सार कार्यालयमा पठाइएको थियो ।  प्रहरी उपरीक्षक मैनालीको काठमाडौं सरुवा भएसंगै मंगलावर जिल्ला प्रहरी कार्यालय झापामा ११ महिने कामको समिक्षा र जिल्ला वासीलाई धन्यवाद दिन आयोजित पत्रकार सम्मेलनमा प्रहरीले गर्न लागेका कामको विषयमा समेत जानकारी दिइएको थियो । जिल्लामा आचरण विपरित गतिविधि गर्ने ३८ जना प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको र उत्कृष्ठ कार्यगर्ने दुई सय १२ जना प्रहरीलाई पुरस्कृत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

भन्सार चोरी निकासी तथा पैठारी नियन्त्रण तर्फ समेत प्रहरीले सक्रियता देखाएको बताइन्छ । चार करोड ३८ लाख २४ हजार ८ सय ६८ रुपैयाँ वरावरका लत्ताकपडा, विदुतीय सामग्री, सवारी साधनको पार्टपूर्जा, किराना सामान, पशु चौपाय, एवम सवारी साधन, काठको गोलिया, सुपारी र फैसला कायान्वयन तर्फको जरिवाना संकलन गरेको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । लागू औषध नियन्त्रण तर्फ समेत झापा प्रहरीले महत्वपूर्ण सफलता हासिल गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को फागुन महिनाबाट हालसम्म १४५ जना लागू औषध कारोवारी तथा प्रयोगकर्ता पक्राउ परेका छन् । ९ महिला सहित एक सय ३६ जना पुरुषलाई लागू औषध व्राउनसुगर गाजा, नाइट्राभेट, चरेस, डाइजापाम, लुपिजेसिक, फेनारगन, नाइट्रोजन, र इस्कूफ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच आफ्नो ११ महिने झापा वसाइको समिक्षा गर्दै प्रहरी उपरीक्षक मैनालीले जिल्लाको शान्ति सु–व्यवस्था कायम राख्न सबै क्षेत्रबाट सहयोग प्राप्त भएको बताएका छन् । उनले जिल्लाको अपराध नियन्त्रणका लागि राजनीतिक दल, संघ संस्था, सर्वसाधारण , पत्रकार सवैको साथ पाएको भन्दै धन्यवाद दिएका छन् ।प्रहरी उपरीक्षक मैनालीको काठमाडौं सरुवा भएसंगै जिल्ला प्रहरी कार्यालय झापामा नयाँ प्रहरी उपरीक्षकका रुपमा कृष्ण कोइराला भोलि  झापा आउँदैछन् । उनी यस अघि इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रहरी नायव उपरीक्षकका रुपमा कार्यरत थिए । उनले झापामा रहदा अपराध नियन्त्रणका क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here