प्रियंकाको विवाह सर्नुको कारण ‘डिभोर्स’

११ पुष २०७६, शुक्रबार मा प्रकाशित

काठमाडौं ।

करिब दुई वर्ष अघि नायक आयुष्मान देशराज जोशी श्रेष्ठसँग इन्गेजमेन्ट (टिकाटाला) गरेकी नायिका प्रियंका कार्कीको विवाह मिति अझै टुंगो लागेको छैन । नायिका प्रियंकाले विवाहको मिति तय गर्दै सार्दै आएकी छन् । उनको इन्गेजमेन्ट भएको दुई वर्ष पुग्न लाग्दासमेत विवाह नभएकाले उनका दर्शक र शुभचिन्तकहरुले चासो राख्दै आएका छन् ।

तर, नायिका प्रियंकाले भने विवाहको मिति सार्दै आएकी छिन् । इन्गेजमेन्टका बेला गएको असारमा विवाह गर्ने बताएकी प्रियंकाले हालसम्म विवाहको मिति तय गर्न सकेकी छ्रैनन् । बुझिएअनुसार उनको विवाह नहनुको कारण ‘डिभोर्स’ रहेको छ ।

प्रियंका आफैं पनि डिभोर्स गरेकी नायिका हुन् भने उनकी आमा बुवाबीच पनि सम्बन्धविच्छेद भएको छ । प्रियंका विवाह गरेर जाने घर अर्थात आयुष्मानको बुवाआमाबीच पनि डिभोर्स भएको छ । जस कारण दुवै परिवार अब हुने सम्बन्धमा विच्छेद हुने अवस्था सृजना नहोस् भन्दै सचेत बनेको छ । जसका लागि उनीहरु विवाहको उत्तम साइतको खोजीमा छन् । ज्योतिषीहरुसँगको परामर्शपछि प्रियंका र आयुष्मानले विवाहको मिति तय गर्ने तयारीमा छन् ।

यसअघि तय गरिएका मिति ज्योतिषीयशास्त्रअनुसार राम्रो नभएपछि प्रियंका र आयुष्मानको विवाह मिति सरेको बुझिएको छ । आउने वर्षमा ज्योतिषीसँग परामर्श गरेर उनीहरु विवाह बन्धनमा बाँधिने तयारीमा छन् । यद्यपी हालसम्म मिति भने तय भइसकेको छैन । क्यानाडानेपाल

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here