रारआमावि दुधेको भूूपू विद्यार्थी मञ्चमा बस्नेत

१२ पुष २०७६, शनिबार मा प्रकाशित

झिलझिले ।

झापाको शिवसताक्षीमा छुट्टै शैक्षिक ईतिहास कायम गर्न सफल राष्ट्रिय रमणीय आदर्श माविमा शनिवार भूतपूर्व विद्यार्थी मञ्च गठन भएको छ ।

युवालाई नेतृत्व प्रदान गरेर विद्यालयको शैक्षिक तथा भौतिक लगायत अन्य आवस्कीय पुर्वाधार सुधार गर्न अग्रजबाट मार्गप्रसस्त भएपछी मन्चले युवा नेतृत्व पाएको हो । शिवसताक्षी नगरका सामाजिक युवा व्यवसायी अशोक वस्नेत २०२६ सालमा स्थापित विद्यालयको भुतपुर्व विद्यार्थी मन्चको अध्यक्षमा सर्वसम्मत चयन भए । फ्ल्वरबाट वस्नेतको नाम शिफारिस भएपछी कार्यक्रममा सहभागीले वस्नेतको नाम अध्यक्ष पदममा तालि बजारउदै अनुमोदन गरेका थिए ।

सो समितिको प्रथम उपाध्यक्षमा पर्वत थुलुङ्ग, उपाध्यक्षमा तारा शेर्मा, सचिव गोविन्द काफ्ले र सह सचिवमा सारदा सुव्बा सर्वसम्मत चयन भएका छन । यस्तै कोषाध्यक्षमा मनु अधिकारी चयन भएकी छन । यस्तै समितिको सदस्यमा विजय खुदाङ्ग, विनोद सापकोटा, देवेन्द्र खरेल, मेघाहाङ्ग थोप्रा, रेनुका चौधरी, नन्दी केशर भट्टराई र चित्रा प्रधान चयन भएका छन ।

यस अघि कार्यक्रमको उद्धघाटन गर्दे शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले सामुदायीक विद्यालयको शैक्षिक क्षेत्रको सुधारका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले भने, राष्ट्रिय रमणीय आदर्श माद्यमिक विद्यालय स्थापना देखी हाल सम्म ठुला ठुला राजनितिक अवरोह पार गरेर स्वर्ण महोत्वसमा जुटेकोले यसको व्यापक सफलताका लागि नगरपालिका सकरात्मक भएर अघि वढ्ने छ ।’

उनले स्थानीय सरकारलाई सहयोग गर्न प्रतिपक्षको भुमिका सकरात्मक हुनुपर्नेमा जोड दिए । नगर प्रमुख सेर्माले भने, सामाजिक चासो र आवस्यकीय काममा राजनितिक विचार छोडेर समन्वयकारी भुमिका निर्वाह गरिदिन प्रमुख प्रतिपक्षलाई आग्रह गरे । उनले भने, ‘नगरका आधारभुत आवस्यक्तामा सकरात्मक सहभागिता , सहयोग र टिप्पणी गर्न म नगरका सवै राजनितिक दललाई आग्रह गर्छु ।’

कार्यक्रममा शिवसताक्षी नगरका शिक्षा अधिकारी उपसचिव सुरेन्द्र दाहालले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक कालिप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रमको चौचित्य प्रअ रिजालले आफैले गरेका थिए । कार्यक्रममा सहभागी लाई विद्यालयका शिक्षक लालमणी सुवेदीले स्वागत गरेका थिए भने संचालन शिक्षक गोविन्द काफ्लेले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here