मेची–कोशी ब्यरो प्रमुख उमासहित चार जना पक्राउ / झापा इन्चार्ज सुमनपनि प्रहरी फन्दामा

0
1293

बिर्तामोड।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पूर्वमा ठूलो धक्का लागेको छ । नेकपामाथि प्रतिबन्ध लगाएसँगै पूर्वमा धमाधम विप्लवका नेता तथा कार्यकता पक्राउ पर्न थालेका छन् ।

मोरङ र सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका चार जना नेता पक्राउ परेसंगै विप्लवलाई पूर्वमा ठूलो असर परेको हो । विप्लव समूहका मेची–कोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेसंगै पूर्वमा विप्लवलाई निकै ठूलो धक्का लागेको हो ।

प्रहरीले उनीहरुसंगै मोरङका जिल्ला इञ्चार्ज नरेश चौंलागाई र क्षितिज पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रदेश–१ मा प्रहरीले विप्लवका गतिविधि रोक्न सक्रियता बढाएसंगै मेची–कोशी ब्यरो इन्र्चाज र सह–इन्चार्ज दुवैलाई एकै साथ पक्राउ गर्न सफल भएको हो ।

प्रदेशका १४ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरी सक्रियता बढेसँगै विप्लव नेकपाका नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । प्रक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज समेत रहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार भुजेलका साथबाट प्रतिबन्धित नेकपासम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद भएको छ । भुजेल तत्कालीन माओवादीका तर्फबाट २०५७ साल चैत १७ गते गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि हुन् । संगठित रूपमा आपराधिक गतिविधि गरेको भन्दै गत वर्ष चैतमा सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

प्रदेश–१ को संखुवासभा र भोजपुरमा सो समूहको प्रभाव राम्रै रहेको स्थानीय बताउँछन् । बहुदलकालदेखि नै भोजपुरका केही गाउँहरुमा तत्कालीन नेकपा (मशाल) को निकै राम्रो संगठन र हालसम्म पनि विप्लव माओवादीको प्रभाव सो क्षेत्रमा राम्रो रहेको बताइएको छ ।

निकै ठूलो जङ्गल रहेको सो क्षेत्रलाई विप्लव समूहले पनि आफ्नो गतिविधि गर्ने क्षेत्र बनाएको उल्लेख गरिएको छ । पछिल्लो समय सो क्षेत्रमा विप्लव समूहको गतिविधि बढ्न थालेपछि प्रहरीले आफ्नो सक्रियता पनि बढाएको थियो ।

पूर्वमा के–के ग¥र्यो विप्लव माओवादीले ?

घटना–१ ः नेत्रविक्रम चन्द ‘विप्लव’ ले पहिलो पटक गत जेठ १९ गते सोलुखुम्बुको महाकुलुङ–३ स्थित छेस्काम प्रहरी चौकीमाथि आक्रमणको प्रयास गरेका थियो ।

विप्लव माओवादीको आक्रमण गर्ने योजनाको सुईको पाए लगत्तै प्रहरी चौकी छाडेर भागेका थिए । त्यसपछि पूर्वमा प्रहरीले सुरक्षा कारबाही तिब्र बनाएको थियो । गृह मन्त्री रामबहादुर थापा बादलले विप्लवको चार कम्पनी सेना रहेको बताएको केहि समयपछि नै विप्लव समूहबाट चौकी कब्जाको प्रयास गरिनुलाई निकै अर्थ पूर्णरुपमा हेरिएको थियो ।

घटना–२ ः गत जेठ ७ मा भोजपुरको टेम्के मैयुङ गाउँपालिका– २ को धोद्रे जङ्गलमा विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीको गोली लागि मृत्यु भएको थियो । घिमिरे प्रहरी कारबाहीबाट मारिएका पहिलो विप्लव कार्यकता रहेको जनाइएको छ । आफ्ना कार्यकर्तालाई बिना कारण प्रहरीले हत्या गरेको भन्दै बदला लिने हिसाबले विप्लव माओवादीले चौकी आक्रमण गरेको थियो ।

घटना–३ ः पूर्वमा आफ्नो गतिविधिलाई तिब्र रुपमा अघि बढाई रहेको विप्लव माओवादी र प्रहरी बीच गत असार २५ गते भोजपुर सदरमुकाममा गोली हानाहान हुदाँ एक प्रहरी र विप्लवका एक कार्यकर्ताको मृत्यु भयो ।

नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको हो । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो ।

खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका ओखलढुंगा इञ्चार्ज हुन् । घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रदेश–१ मा विप्लव माओवादीको गतिविधि बढेसंगै प्रहरीले कारबाहीलाई बित्रता दिएको थियो । एक प्रहरी सहित तीन जनाको मृत्युभएपछि प्रदेश प्रहरीले विभिन्न योजना बनाएर नै विप्लवका गतिविधि निस्तेज पार्ने अभियान शुरु गरेको थियो ।

झापा प्रहरीको टाँउको दुखाई बनेका थिए सुमन

मेची–कोशी कमाण्ड सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान प्रहरीले सुनसरीबाट पक्राउ गरेसंगै झापा प्रहरीको टाँउ दुखाई कम भएको स्रोतले जनाएको छ । झापा जिल्ला इन्चार्ज समेत रहेका सुमनलाई झापा प्रहरीले सर्वाधिक खोजीको सुचीमा राखेको थियो ।

झापाका विभिन्न स्थानमा भएको आगजानी, आक्रमणको निर्देशन दिने तथा योजना बनाउन मुख्य भूमिका निर्वाह गरेको भन्दै सुमन झापा प्रहरीको टाँउको दुखाई बनेका थिए । राजनीतिक लडाईलाई हिंसात्मक बनाउन नहुने विचार बोक्ने सुमन पार्टीको गतिविधिमा भने सक्रिय रहेका थिए ।

हत्या र हिंसाले समस्याको समाधान नहुने तर आफूहरुको वैचारिक लडाइलाई राज्यले नै दमन गरेकाले केहि स्थानमा प्रतिरोध गर्नु परेको विप्लव माओवादीले बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here