नेपाली भएको कुरालाई भुल्न हुदैंन : प्रदेश नम्बर–३ प्रमुख प्रसाई

0
855

लक्ष्मी उप्रेती / मेचीनगर,

प्रदेश नम्बर ३ का प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सवैभन्दा पहिला हरेक नागरिकले आफु नेपाली भएको कुरालाई भुल्न नहुने बताउनुभएको छ । हरेक नागरिकको कुनै न कुनै राजनीतिक दलमा आस्था होला कुनै न कुनै सरकारी तथा गैरसरकारी संघ संस्थामा आवद्घता होला भन्दै प्रमुख प्रसाईले तर हरेक नागरिकले आफ्नो दलगत स्वार्थबाट माथि उठेर नेपाल र नेपालीको उन्नति र प्रगतिप्रति सकरात्मक सोच राख्नुपर्नेमा जोड दिनुभयो ।

झापाको मेचीनगरले काँकरभिट्टामा झापा मेचीनगर ११ का स्थायीवासी प्रदेश प्रमुख प्रसाईको सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दैं उहाँले दलगत स्वार्थभन्दा माथि उठेर देश विकासमा सवै दल र नागरिक एक हुनुपर्ने उहाँको भनाई थियो । एकजना प्रधानमन्त्री र १७ जना मन्त्रीले मात्र देशलाई समृद्घ बनाउन नसक्ने भन्दैं यसमा सवै नेपालीको साथ सहयोग उत्तिकै आवश्यकता रहेको प्रष्ट पार्नुभयो । सरकारका हरेक काममा नेपालीको साथ सहयोग र समन्वय भए सरकारले अघि सारेको समृद्घ नेपाल सुखी नेपालीको सपना सजिलै साकार हुने उहाँको भनाई थियो ।

आफ्नो दलगत र व्यक्तिगत स्वार्थलाई पर राखेर हरेक दीन दुखीको घाउँमा मलम लगाउनु र उनीहरुको अनुहारमा हासो ल्याउन सके देश सुदृढ हुने प्रसाईको भनाई थियो । उहाँले मेचीनगर समृद्घ भएमात्र आफु साँचो अर्थमा सम्मान भएको महसुश गर्ने बताउनुभयो ।

मेचीनगरका खोलानाको उचित व्यवस्था, पर्यटकीय क्षेत्रको उचित विकास र प्रवद्र्घन , जंगली हात्तीको आतंक नियन्त्रण गर्न समेत उहाँले स्थानीय सरकारलाई सुझाव दिनुभयो । मेचीनगरमा धेरै अवसरहरु भएको भन्दैं यसको उतिथ सदुपयोग भए नगरले विकास फड्को मार्ने तथा नगरभित्र रहेका धार्मिक एवम् पर्यटकीय स्थलको विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकको आर्कषण हुने र यसले नगरलाई आर्थिकरुपमा मजवुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

१ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकीले दलभित्र गलत राजनीतिक चरित्र हाबी हुदैं गए त्यसले एकजना व्यक्तिाई मात्र नभएर दललाई नै कमजोर समाप्त पार्ने बताउनुभयो । उहाँले नैतिक मुल्यको प्रतिस्पर्धा दलभित्र हुन आवश्यक रहेको धारणा राख्नुभयो । नगरप्रमुख विमल आचार्यले कार्यक्रमको अध्यक्षता गदैं सम्मामनित व्यक्तित्वलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । उहाँको यो नियुक्तीले मेचीनगरवासी निक्कै खुशी भएको बताउनुभयो ।

उहाँको सम्मान पत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले वाचन गर्नुभएको थियो । उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वागत गदैं उहाँलाई खादा पहिर्याउनु भएको थियो । प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली राधा थापाले अविर तथा माला लगाउनुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य कृष्ण कनालले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुडाथोकी, नेकपाका प्रकाश भण्डारीलगायतले मेचीनगरले प्रदेश प्रमुख प्रसाईबाट धेरै कुराको अपेक्षा गरेकाले त्यो पुरा हुने कुरामा मेचीनगर ढुक्क रहेको भन्दैं प्रसाईप्रति बधाई ज्ञापन गदैं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रदेश प्रमुख प्रसाईको सम्मानमा स्याण्डी एण्ड फ्युज ब्याण्डले स्वदेश तथा लोक गीत प्रस्तुत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here