काँकरभिट्टा रोटरीमा कृष्णकान्त खनिया

0
670

कनकाई,

रोटरी क्लब काँकरभिट्टाको सन् २०२०-२०२१ को पदाधिकारी तथा सन् २०२२ -२०२३ को अध्यक्ष चयन गरिएको छ । कनकाई नगरपालिकास्थित पर्यटकीय स्थल जमुनखाडीमा सम्पन्न क्लबको वार्षिक साधारण सभाबाट सन् २०२०—२०२१ को प्रिसिडेण्ट कृष्णकान्त खनियाको नाम सार्वजनिक गरिएको हो ।

यसैगरी, अन्य पदाधिकारीहरुमा प्रेसिडेण्ट इलेक्टमा रोहित बुढाथोकी, प्रेसिडेण्ट नोमिनिमा सुजन प्रधान, पास्ट प्रेसिडेण्ट मोहन निरौला, भाइस प्रेसिडेण्टहरुमा डाक्टर आनन्दराज खनाल र इञ्जिनियर रुद्र मैनाली सेक्रेटरीमा उदयकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा युवराज भट्टराई चयन भएका छन् ।

साधारणसभाले क्लब व्यवस्थापनको प्रमुखमा राजु मर्हजन, सदस्य विस्तार समितिको प्रमुख कृष्णराज पौडेल, योजना सेवा प्रमुख नवीन वराल, रोटरी फाउण्डेशन चियर राधिका गुरुङ, मर्यादापालकमा विजया तामाङलाई सर्वसम्मत चयन गरेको रोटरी मिडिया कोडिनेटर लक्ष्मी उप्रेतीले बताए ।

क्लबको सल्लाहाकारमा गोपाल तामाङ, क्लब मेनटरमा अशोककुमार श्रेष्ठ, क्लब ट्रेनरमा दिलिप सुवेदी वेभ मास्टरमा मुना प्रधान, रोट्रयाक मेनटरमा पेमा तामाङ, तथा युथ सर्भिसमा दीपेन्द्रराज पाण्डे चयन भएका छन् ।

गीता आचार्य, राधिका गुरुङ,विवेक श्रेष्ठ, लक्ष्मीदेवि खनिया विजया तामाङलाई समेत क्लबले विभिन्न जिम्मेवारी प्रदान गरेका छ । कृष्णकान्त खनिया नेतृत्वको पदाधिकारहिरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम रोटरीको अन्तर्राष्ट्रिय मान्यता अनुसार जुलाई महिनामा हुने बताइएको छ । यसैगरी साधारण सभाले सन् २०२२ —२०२३ को अध्यक्षमा सुजन प्रधानलाई चयन गरेको छ ।

पास्ट प्रेसिडेण्ट मोहन निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दैं प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । अब आफ्नो लागिमात्र होइन समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेको सोच हुनुपर्ने उनको भनाई थियो ।

रोटरी भनेको आफ्ना स्वार्थभन्दामाथि उठेर मानवीय सेवामा समर्पित एउटा नाफारहति समाजकालागि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच भएका निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु अटाउने सामुहिक संस्था रहेकाले पनि यसले देश विकासमा निक्कै ठुलो टेवा पुग्ने बताए ।

निरौलाले रोटरीले शिक्षाका क्षेत्रमा धेरै काम गरेको बताउदैं काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना, मेचीनगरकै बाहुनडाँगीमा रहेको अर्काे विद्यालयमो जेहेन्दार र आर्थिक अवस्था अलि कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेको र मेची आधारभूत विद्यालयलाई यस क्लबले ‘एडप’ गरी हरेक योजना दिने गरेको जानकारी गराए ।

सोहि अन्तर्गत क्लबले विद्यालयमा खानेपानीको व्यवस्था, कम्प्युटर प्रदान गरेको श्रव्य दृश्य मार्फत पठन पाठनलाई सहज र सरल बनाउनका लागि ‘इ लर्निङ प्रोजेक्ट’ मार्फत शिक्षकहरुलाई तालिमको अवसर प्रदान गरेको तथा सोहि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।

सचिव उदयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर प्रमुख विमल आचार्य, काँकरभिट्टा बहुमुखी क्याम्पसका अध्यक्ष कमल थापा, युवा नेता गोपाल तामाङ, मेचीनगर स्तरीय पर्यटन विकास समितिका सदस्य सुजन प्रधानलगायतले रोटरीले विगतदेखि वर्तमानसमम गरेको कामको चर्चा गरेका थिए ।

सोहि अवसरमा क्लबले आयोजना गरेको नृत्य प्रतियोगितामा युवा व्यवसायी युवराज भट्टराई प्रथम भए । ज्येष्ठ रोटरियन मेदनीप्रसाद खरेल नेतृत्वको निर्णयक मण्डलले उनको नाम सार्वजनिक गरेको थियो । उनलाई काँकरभिट्टा बहुमुखी क्याम्पसका अध्यक्ष कमल थापाले नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न प्रतियोगितात्मक खेलकुद समेत प्रस्तुत गरिएको थियो । रोटरी क्लब काँकरभिट्टाको स्थापना सन् २०१० मा स्व.अरुण कुमार श्रेष्ठको अगुवाईमा यहाँका विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरेर बसेका ३१ जनाबाट क्लब भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here