श्रेय र्सिजनाको ८ औं साधारणसभा सम्पन्न

0
453

दुहागढी ।

श्रेय र्सिजना महिला बचत तथा ऋण सहकारी संस्था दुहागढीको ८ औं साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको आफ्नै भवनमा सम्पन्न सभामा संस्थाकी अध्यक्ष विन्दा प्रसाईले कार्यक्रमको सभापतित्व गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा आधा दर्जन व्यक्तिहरुलाई सम्मान गरीएको थियो ।

सम्मानित हुनेहरुमा उत्कृष्ठ वाल वचत कर्ता रोनिका राजवंशी, उत्कृष्ठ वचत कर्ता उर्मिला श्रेष्ठ, असल ऋणी सिता राजवंशी, संस्थापक अध्यक्ष मेनुका घिमिरे, ज्येष्ठ सदस्यहरु हलेश्वरी राजवंशी र मिना गिरी रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर १४ का वडा अध्यक्ष शंकर प्रसाद पोखरेल र विशिष्ट अतिथि वाल सुवोधिनि आधारभुत विद्यालयका प्रधानाध्यापक विश्व थापाले संयुक्त रुपमा फुलमाला र दोशल्ला ओडाएर सम्मान गरेका थिए ।

कार्यक्रममा समाजसेवीहरु माधब भट्टराई, नरेन्द्र घिमिरे, विशिष्ट अतिथि थापा, प्रमुख अतिथि पोखरेल लगायतले मन्तव्य राखेका थिए । संस्थाकी सचिव कृष्ण कुमारी सुवेदीले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई स्वागत पार्वता सुवेदीले गरेको संस्थाकी व्यवस्थापक हरिमाया बरालले बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here