पूर्णरूपमा रित्त्याएर मलाई …..

0
560

 

 

 

 

 

 

मन्जुकिरण – विराटनगर (हाल– जापान)

ठड्याएर महल मलाई पाली बनायौ
घरको न घाटको कठै जाली बनायौ ।

अलंकारले सजिएर हिड्छौ सधै सड़कमा
मलाई भने त्यै सड़कको नाली बनायौ ।

मेरै गाऊँको गल्ली अनि खेतका गरामा
मलाई नै टेकी हिड्ने आली बनायौ ।

धन दौलत सम्पति के नै पो हो भन्थेउ
बर्षौ वर्ष मलाई नगदे बाली बनायौ ।

पुगीसरी भयो तिमीलाई मैंमत्ता भयौ तिमी
पूर्णरूपमा रित्त्याएर मलाई खाली बनायौ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here