शिवसताक्षी नगरमा ठेकेदारको लापरवाही, सडकको वेस विनै रातारात कालोपत्रे

0
1463

विनोद सापकोटा/ झापा।

सडकको वेस कम्फ्याक्सन नगरी कालोपत्रे गरिएको स्थानीयद्धारा खवर आएपछी सुचना संकलन गर्न पुगेका पत्रकार देख्ने वित्तिकै ठेकेदारले कुलेलम ठोकेका छन ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ को धरमपुर पारावारी सडक खण्डको धरमपुरमा ठेकेदारले मनोमानी कालोपत्रे गरेको सुचना स्थानीय पत्रकारलाई दिएका थिए । कालोपत्रे हुदै गरेको क्षेत्रमा पुगेका पत्रकारले क्यामेरा निकाल्नै लाग्दा कान्छाराम ज्योति जेभिका प्रवन्धक निर्देशक राजकिशोर गुप्ता कुलेलम भए । स्थानीयले पत्रकार संग कुरा गर्न ईन्कार गर्नुलाई ठेकेदारको लार्पावाहि र मनोमानी भनि टिप्पणी गरेका छन ।

उनलाई पत्रकारले कुरा गर्नलाई आग्रह गर्दापनि क्यामेरामा कुरा नगर्ने भन्दै पच्छिए । उनले भने ‘जे कुरा गर्नु छ मेरो छोरा रोहित संग गर्नु ।’ कालोपत्रे हुदै गरेको स्थानमा गुप्ता डेढ घन्टा अगाडी देखी निर्माण मजदुरलाई निर्देसन दिदै काम अहा्रउदै थिए । स्थानीयले भने, ‘जव पत्रकारले सडकको गुणस्तरियतामा प्रश्न सोध्न क्यामेरा निकाल्न लागेका मात्र थिए कान्छाराम ज्योति जेभीका प्रवन्धक निर्देसक सुईकुच्चा ठोके ।’

धरमपुर पारावारी सडकको ९ किलोमिटर सडक कालोपत्रे गर्न कान्छाराम ज्योती जेभीले साविकको जिल्ला विकास समितिबाट ४ वर्ष अघि ठेक्का पाएको थियो । उक्त ठेक्का १०,५८,७१,७३५ रुपैयाँमा २०७४ मंसिर २२ गते सम्ममा निर्माण सम्पन्न गर्नेगरि ठेक्का प्रदायक साविकको जिल्ला विकास समिति संग संझौता भएको थियो । श्रोतका अनुसार यो ठेक्का ०७३ असोज ९ गते संझौता भएको थियो ।

ठेकेदारको लार्पावाहिले सडक कालोपत्र समयमै हुन नसेपछि दुई पटक म्याद थप्दै ०७६ असार २४ सम्मको समय सिमा तोकिएको थियो । पछिल्लो पटक थपेको समयमा हालको जिल्ला समन्वय समितिले ७ दिनमा कालोपत्रे सडक निर्माण र अनुगमनको पत्र शिवसताक्षी नगरपालिकामा थमाएको थियो । जिल्ला समन्वय समितिको पत्र अनुसार उक्त सडक सात दिनमा कालोपत्रे गर्न ठेकेदार कम्पनी र शिवसताक्षी नगरपालिकालाई फलामको चिउरा जस्तै बनेको नगरपालिका श्रोतले बताएको छ । नगरको समन्वयमा ठेकेदारले पुन ०७६ पुस मसान्त सम्ममा धरमपुर पारावारी सडकको कालोपत्रे गर्नेगरी समय अवधि थप पाएको थियो । समयमै सडकको कालोपत्रे निर्माण गर्न ठेकेदार लाई सकस भएपछि मनोमानी ढंगले वेस विनै कालोपत्रे गरिएको स्थानीयले बताएका छन ।

उक्त सडकको सिलान्यास प्रधानमन्त्री केपि शर्मा ओलीले गरेका थिए । पटक पटक स्थानीय संगको विवादमा परेको कान्छाराम जेभीलाई तोकिएको मापदण्ड र प्राविधिकको स्वीकृत विना कालोपत्रे नगर्न शिवसताक्षी नगरपालिकाले सुझाएको थियो । शनिवार पनि नगरका प्रमुख चन्द्रकुमार सेर्माले प्राविधिकको स्वीकृत विना कालोपत्रे नगर्न निर्माण कम्पनीका ठेकेदारलाई आग्रह गरेको स्थानीय बासीले बताए ।

नगरका प्राविधिक महेस भण्डारीले वेस नहालिएको ठाउँमा कालोपत्रे गरेको योजना कुनै हालतमा स्वीकृत नहुने स्वयम् गुप्तालाई भनेका थिए । तर, ठेकेदारले न त नगरका मेयरको कुरा सुने नत प्राविधिककै । स्थानीय भन्छन, ‘ ठेकेदारले मनलाग्दी वेस विनाको सडकमा कालोपत्रे गरेरै छाडे ।

नगरका प्राविधिक महेश भण्डारीले सडकमा वेसनै नहाली कालोपत्रे गरिएको बताए । ठेकेदारले स्थानीय तहको समन्वयमा कालोपत्रे गरेको बताएपनी नगरपालिकाले ठेकेदारको अभिव्यक्ति मा सत्यता नभएको बताएको छ । नगरका प्रवक्ता नविन ईजमले कान्छाराम ज्योती जेभीले यस अघि राम्रो काम गरेपनी धरमपुरमा मनोमानी गरेको बताए । उनले भने , ‘गुप्ताले शिवसताक्षी नगरवासीलाई आँखामा छारो हाले जसोगरेर रातारात वेस तयारै नगरी वालुवा र नाङ्गो सडकमा कालोपत्रे गरे, उनको भुक्तानी नगरले रोक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here