४६औ जुनियर डिभिजन एनसीसी क्याम्पमा इष्ट होराइजनको उत्कृष्ट प्रर्दशनी

0
1083

मोरङ ।

मोरङको याङसिलामा सञ्चालित ४६औ जुनियर डिभिजन एनसीसीको २१ दिने तालिम सम्पन्न भएको छ । गत मंसिर २३ गते बाट सुरु भएर पौष १३ गते दिक्षान्त समाहरोहका साथ तालिम समापन भएको हो ।

झापा, सिराहा, सप्तरी, खोटाङ्ग, सिन्धुली लगायतका विभन्न जील्लाबाट १५ वटा विद्यालयहरुले सहभागीता जनाएका थियो, जसमा ५३१ छात्रा, छात्रहरुले तालिममा भाग लिएका थिए । झापा बाट २ वटा विद्यालयले सहभागीता जनाएको थियो ।

तालिमको दौरानमा विभिन्न प्रतियोगितात्मक कृयाकलापमा इष्ट होराइजनले आफ्नो उत्कृष्ट प्रर्दशन दिन सफल भएको छ । होराइजनकी छात्रा सलिना लिम्बु सर्व उत्कृष्ट छात्रा हुनुको साथै सम्पूर्ण टोलीको नेतृत्व वहन गर्ने सिनियर अण्डर अफिसर बन्न सफल भएकी छन् । त्यसै गरी छात्रा भलिबलमा प्रथम, ड्रील प्रर्दशनिमा प्रथम, उत्कृष्ट वक्ता क्याडेट प्रज्ञा ढुङ्गेल र झापा जील्लामा बसीबास गर्ने मेचे जातिको सांस्कृतिक नृत्य प्रर्दशन गरेर इष्ट होराइजन प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

इष्ट होराइजन गत वर्षबाट एनसीसी तालिम सुरु भएको र प्रथम वर्ष देखीनै विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गरेको प्रधान अध्यापक संञ्जीव राईले बताउनु भयो । गत वर्ष पनि सर्व उत्कृष्ट क्याडेट भएको विद्यार्थी सविना राईले तालिम प्राप्त क्याडेटहरुको अन्तराष्ट्रिय कार्यक्रममा समेत सहभागीता जनाएर नेपाल फर्कीसकेको बताउनु भयो ।

यस वर्षको तालिममा पनि आफ्ना विद्यार्थीहरुले उत्कृष्ट प्रर्दशन दिएकै कारण क्याडेट सलिना लिम्बु र क्याडेट प्रज्ञा ढुङ्गेलले क्याडेटहरुको अन्तराष्ट्रिय मेलामा सहभागीता जनाउन पाउने भएको संस्थाका प्रमुख प्रसासक साबित्रा राईले जानकारी दिनु भएको छ ।

तालीमको अन्तिम दिक्षान्त समारोहमा होराइजनको ब्याक पाइपर टोलीले समेत आफ्नो ब्यान्ड प्रर्दशन गरेको एसीसी समन्वय शिक्षक विमल शाहीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here