औषधि व्यवसायी संघ झापाको पद हस्तान्तरण

0
1232

 

बिर्तामोड, नेपाल औषधि व्यवसायी संघ झापाको पद हस्तान्तरण समारोह सम्पन्न भएको छ ।

संघको गत भदौ २७ गते दमकमा सम्पन्न संघको प्रथम अधिवेशनबाट गौतम गुप्ताको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो । नव निर्वाचित पादाधिकारीलाई आज आयोजित समारोहकाबीच निर्वाचन समिति संयोजक नरेन्द्र बरालले सपथ ग्रहण गराउनुभएको छ ।

नेपाल औषधि व्यवसायी संघ मेचीका अध्यक्ष नरेन्द्र वस्नेतको प्रमुख आतिथ्य र औषधि व्यवसायी संघ मेचीका निर्वतमान अध्यक्ष सूर्यप्रसाद कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

संघको प्रथम अधिवेशनबाट अध्यक्ष गुप्ताले आफ्ना निकटतम प्रतिष्पर्धी सुरेन्द्र प्रधानलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यस्तै संघको उपाध्यमा प्रदीप खरेल , महासचिवमा जीवन खड्का, सचिवमा ससिम पोखरेल , कोषाध्यक्षमा वुद्धिशेखर वजगाई विवेक र उप कोषाध्यक्षमा युवराज भट्टराई चयन हुनुभएको थियो । समितिको सदस्यमा सुरेश खतिवडा, लक्ष्मी पौडेल र प्रल्हाद ढुङ्गाना चयन हुनुभएको थियो ।

पद हस्तान्तरण कार्यक्रम संयोजक सूर्य कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल औषधि व्यवसायी संघका मेची महासचिव वाशु दुलालले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघकी केन्द्रीय सदस्य शर्मिला शाक्य, नेपाल चिकित्सक संघ मेचीका अध्यक्ष डा सीपी यादव, चेम्वर अफ कर्मस झापाका अध्यक्ष ओमकृष्ण विमली , नेपाल औषधि व्यवसायी संघ मेचीका संस्थापक अध्यक्ष देवराज गुप्ता, पूर्व अध्यक्ष गोपाल सापकोटा, राजेन्द्र प्रसाद ढकाल लगायतको आतिथ्य रहेको थियो । यसैबीच कात्तिकलाल राजवंशीलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here