महोत्सवमा ३ करोडको व्यापार

0
326

झापा, 

मेची उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा भइरहेको महोत्सवमा अवलोकनकर्ताको उपस्थिति उत्साहजनक रहेको बताइएको छ ।

धुलाबारीमा जारी तेस्रो अन्तर्राष्ट्रिय उद्योग, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा हालसम्म करिब ३ करोडभन्दा माथिको व्यापार भएको बताइएको छ ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाका अनुसार कृषि उपज तथा सामग्री, लत्ताकपडा, अटो मोबाईल्स, इलेक्ट्रोनिक्स सामग्री, होटल तथा पर्यटनजन्य सामग्री तथा सेवा र अन्तर्राष्ट्रिय स्टलहरुबाट, घरायसी सजावटका सामग्री साथै फर्निचर आदिबाट राम्रो व्यापार भएको हो ।

तिम्सिनाका अनुसार आउने दिनमा अझ धेरै व्यापार हुने र लक्ष्य अनुरुप पाँच करोडभन्दा बढीको कारोबार अनुमान रहेको छ । त्यस्तै महोत्सवमा आउने अवलोकनकर्ताहरुको पनि संख्यामा बृद्धि हुँदै गएकाले बिक्री वितरण राम्रो रहेको आयोजकले जनाएको छ ।

चिया तथा कफी सम्बन्धी अन्तरक्रिया

महोत्सवमा महत्वपूर्ण कार्यक्रम अन्तर्गत सम्भाषण तथा अन्तरक्रियाहरु पनि भइरहेका छन् । सोमबारको कार्यक्रम अन्तरगत नेपाल चिया तथा कफी विकास वोर्डको संयोजनमा चिया तथा कफी उत्पादक तथा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेपाल चिया तथा कफी विकास बोर्डका इन्द्रप्रसाद अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा चिया क्षेत्र बचाउ अभियानका संयोजक आदित्य पराजुली, नेपाल चिया तथा कफी विकास बोर्डका निमित्त प्रमुख रामइकबाल यादव, नेपाल कृषिबजार विकास कार्यक्रमका कृषि विज्ञ विष्णु काफ्ले, केन्द्रीय चिया सहकारी संघका प्रतिनिधि शंकर खनाल, पूर्णबहादुर कार्की, यामबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

झापा तथा नेपालमै चिया उत्पादन, प्रशोधन तथा निर्यातमा धेरै समस्याहरु भएका कारण चियासँग सम्बन्ध राख्ने सबैसँग यस्तो कार्यक्रमको आयोजना गरिएको मेची उद्योग वाणिज्य संघका सचिव रविचन्द्र नेपालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here