डाँफे साकोसको सदस्य लोभ्याउने योजना

0
1259

धरमपुर,

झापाको शिवसताक्षी नगरपालिका स्थीत धरमपुरमा सेवाकेन्द्र स्थापना गरेर यहाँका सदस्य संग प्रत्यक्ष वित्तिय कारोवार गरिरहेको डाँफे वचत तथा ऋण सहकारी संस्थाले सोमबार सेवा केन्द्रकै सभाहलमा एकदिने सहकारी शिक्षा तथा शैक्षिक अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।

पुुर्वी कमल गाँउपालिका र शिवसताक्षी नगरका ११८ सदस्य कार्यक्रममा सहभागी थिए । डाँफे साकोसकर्मीले संस्था सग गर्नुपर्ने बचत र कर्जा कारोवारको बारेमा आफुहरुले जानकारी पाएको सदस्यले बताएका छन । कार्यक्रममा डाँफे शैक्षिक अभिभावकत्व ग्रहण, डाँफे क्लव गठन समेत गरिएको थियो ।

संस्थाको शेयर सदस्य इन्दिरा दवाडीको छोरा उज्वल दवाडी लाई उच्च शिक्षा प्रदान गर्न डाफे सहकारीले अभिभावकतव ग्रहण गरेको छ । उनलाई कक्षा १२ सम्मको सम्पुर्ण शैक्षिक खर्च सहकारीले व्यहोर्नेगरी अभिभावकत्व ग्रहण गरिएको संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले बताए । चालु शैक्षिक सत्रको अध्ययन शुल्क सहित विद्यालय र सहकारी विच सम्झौता समेत भएको छ ।

डाँफे साकोसका सदस्यहरु संग अझ दिगो र प्रगाड सम्वन्ध बनाउनका लागि धरमपुर सेवा केन्द्र अन्र्तगतका सदस्य मध्ये बाट प्रत्येक वडामा २ जना अध्यक्ष , सचिव र अन्य सदस्यहरु रहने गरि डाँफे क्लव समेत गठन गरिएको छ । शिवसताक्षी नगरको वडा नम्बर १, २ र ३ सहित कमल गाँउपालिकामा डाँफे क्लव गठन भएको धरमपुर सेवा केन्द्रका प्रमुख योगेश अधिकारीले जानकारी दिए ।

शिक्षा तथा तालिम उपसमितिका संयोजक तथा संचालक समितिका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले डाँफे साकोसबाट सदस्यले पाउने सुविधाको वारेमा जानकारी दिएका थिए । धितो ऋणमा संस्थाले सदस्यबाट सेवा शुल्क असुली प्रकृयालार्य स्थगित गरेको उनले बताए । प्रत्येक वर्ष अवलोकन भ्रमण ग्रीन कार्डको व्यवस्था, .दोश्रो पटक देखी ऋण कारोवार गर्दा ऋण संरक्षण शुल्कमा ७५ प्रतिशत छुट लगायतको योजना सहकारी संग रहेको अध्यक्ष न्यौपानेले बताएका छन ।

उनले राहात कोषको व्यवस्था अन्र्तगत सदस्यको मृत्यु,प्राणघातक रोगको उपचार,अग्नी पीडीत,वाडी पीडीत,सल्यक्रिया जस्ता काममा संस्थाले सदस्यका परिवारलाई नगद राहत उपलव्ध गराउने बताए । शैक्षिक अक्षयकोषद्वारा कक्षा १ देखी कक्षा १२ सम्म प्रतिवर्ष २ जनाको शैक्षिक अभिभावकत्व ग्रहण, एकल महिलालाई राहतकोषमा ५० प्रतिशत छुट, दिर्घकालिन पेन्सन बचत योजना, सर्वोकृष्ठ सेवा तथा सुरक्षा छनौंट कार्यक्रम लगायतको योजना सहकारीले शुरु गरेको अध्यक्ष न्यौपानेले बताएका छन ।.

डाँफे साकोसबाट आफुहरुले दैनिक बचतमा व्याज गणना, दैनिक ऋण घट्ने व्यवस्था,लगानीको उच्चतम प्रतिफल, कारोवारको आधारमा अतिरिक्त लाभांश वितरण, नेपाल सरकार बाट प्राप्त हुने सहुलियत व्याजदरको स्वरोजगार कार्यक्रम अन्र्तगत नियमानुसारको ऋण उपलब्ध र रेमिट सविधा पाउदै गरेको सदस्य वृहस्पती प्रसाईले बताए ।

शिक्षा तथा तालिम उप समिति सदस्य ठाकुरहरी पोख्रेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष तथा धरमपुर सेवाकेन्द्रकी संयोजक निर्मला गजुरेल ले गरेकी थिईन । कार्यक्रममा संस्थाका सचिव लिलानाथ खनाल, शिवसताक्षी नगरपालिका वडा नम्बर १ का सदस्य मन बहादुर श्रेष्ठले मन्तव्य राखेको संस्थाका व्यवस्थापक दिपक खतिवडाले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here