बिर्तामोड ।

ईलाम झापा मैत्री समाज झापाको अध्यक्षमा कमलप्रसाद पौडेल चयन भएका छन् ।
ईलाम झापा मैत्री समाज झापाका दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्ष देवी निरौला बस्नेत, रुद्रप्रसाद चापागाईं , महासचिव अच्युत दाहाल , सचिव सुष्मा भण्डारी पौडेल , कोषाध्यक्ष गजेन्द्र पौडेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा चन्द्रप्रकाश कार्की , रेशबहादुर बस्नेत , दमन्ता अधिकारी , चन्द्रबहादुर बस्नेत , दुर्गादेवी खतिवडा , कविता अधिकारी पौडेल , मेघबहादुर पौडेल , सुरेन्द्र पौडेल , रामबहादुर बस्नेत , विमला भट्टराई र गोमा परियार रहेका छन् ।
समिति निर्माण गर्न शेखर ढकाल निर्वाचन अधिकृत र केशव भट्टराई र रघुनाथ खतिवडा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।































