‘नेपाल भ्रमण वर्ष-२०२०’ अभियान घोषणा बुधवार बिहान साढे सात बजे नेपाल प्रवेशको पूर्वीद्धारबाट

0
499

काँकरभिट्टा ।

संघीय सरकारले २० लाख पर्यटक भित्रियाउने लक्ष्यसहित आयोजित ‘नेपाल भ्रमण वर्ष —२०२०’ अभियान घोषणा बुधवार बिहान साढे सात बजे नेपाल प्रवेशको पूर्वीद्वारबाट हुने भएको छ ।

मेचीनगर नगरपालिकाले आयोजना गरेको उद्घाटन समारोहमा मेचीनगर स्तरीय मेचीनगर पर्यटन विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी भ्रमण वर्षको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको छ । नगर प्रमुख विमल आचार्यले ‘नेपाल भ्रमण वर्ष —२०२०’ लाई सफल बनाउन सवै नगरवासीमा आग्रह गर्नुभएको छ ।

मेचीनगर पर्यटन विकास समितिका संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन समारोहमा नेपालले भ्रमण वर्ष आयोजना गरिनुको उद्देश्यबारे प्रष्ट पार्नुका साथै काँकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने ५ जना पर्यटकलाई स्वागत तथा सम्मान गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । त्यसपछि विभिन्न समुदायको कला, संस्कृति र रीतिरिवाज झल्किने गरी सीमान्तकृत, लोपोन्मुख र आदिवासी जनजातिका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन् । दिनभरिजसो नै साँस्कृतिक कार्यक्रम चल्ने छ ।

‘नेपाल भ्रमण वर्ष —२०२०’ को पूर्वसन्धयामा नगरका महत्वपूर्ण बजारक्षेत्र काँकरभिट्टा, इटाभट्टा, धुलावारी, धाइजन चारआलीलगायतको सरसफाई गरि बजारक्षेत्रलाई व्यवस्थित गरिएको छ । साथै नगरका महत्वपूर्ण केही धार्मिक एवम् पर्यटकीय क्षेत्रको तस्विर तथा अडियो क्लिप प्रसारण हुने छ । साथै नगरपालिकाले नगरका धार्मिक एवम् पर्यटकीय स्थल अंकित होडिङ बोर्ड नगरका विभिन्न ठाउँमा राख्ने छ । नेपाल प्रवेशको पूर्वीद्वारमा रहेको हेल्प डेक्सको उचित व्यवस्थापनको तयारी नगरपालिकाले गरेको छ ।

नगरपालिकाले वर्षभरिनै यो अभियानलाई सफल बनाउन अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन योजना अघि सारेको समितिका सदस्य सचिव अनन्तप्रकाश वस्तीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here