पर्यटकलाई सहज सुरक्षा वातावरण उपलब्ध गराउनुपर्ने

0
618

कैलाली,

सीमानाकाबाट नेपाल भित्रिने पर्यटकका लागि गन्तव्य स्थलसम्म पुग्न सहज वातारणको व्यवस्था गरिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

नेपाल–भारत पत्रकार सङ्घले सोमबार धनगढीमा आयोजित पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका विषयक छलफलमा अधिकांश सहभागीले नेपाल भित्रिने पर्यटकसँग मिजासिलो तथा सौहार्दपूर्ण व्यवहार गरिनुपर्ने भनाइ राख्नुभयो ।

भारतीय सञ्चारमाध्यमबाट प्रकाशित हुने पत्रपत्रिकामा नेपालमा अवस्थित प्रख्यात धार्मिक तथा पर्यटकीयस्थलका बारेमा समाचार प्रकाशित गरी प्रचार–प्रसार भएमा नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने कार्यक्रममा सहभागीहरुले बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले नेपालमा रहेका धार्मिक तथा पर्यटकीयस्थल र यहाँको सुरक्षाका बारेमा भारतीय सञ्चारमाध्यमबाट सकारात्मक सन्देशमूलक समाचार सम्प्रेषण गरी प्रचार–प्रसार गर्न भारतीय पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।

उहाँले ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सबै एक ठाउँमा उभिई हातेमालो गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । वरिष्ठ भारतीय पत्रकार रामकृष्ण शुक्लाले भारतबाट आउने पर्यटकका लागि पर्यटकीय गन्तव्यस्थलसम्म पुग्न कुनै बाधा तथा व्यवधान नभई अधिक सुविधाको व्यवस्था मिलाइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले नेपाल भित्रिने पर्यटकका लागि सुरक्षाका दृष्टिकोणले सहज वातावरणमा सत्कार र स्वागत गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल–भारत पत्रकार सङ्घका अध्यक्ष दिलबहादुर छत्यालले बढीभन्दा बढी पर्यटकलाई नेपाल भित्र्याउन शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति भएको महसुस गराउन जरुरी रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here