लक्ष्मीनारायण मन्दिरका वृद्धवृद्धा औधीखुशी देखिए…

0
1063

बिर्तामोड ।

पुसको सिरेटोसँगै कष्टकर जीवन विताइरहेका झापा शिवसताक्षी ११ माइधारस्थित लक्ष्मीनारायण मन्दिरका वृद्धवृद्धा सोमबार औधी खुशी देखिए । उनीहरु खुशी देखिनुको कारण थियो न्यानो कपडा र स्वास्थ्य सेवा प्राप्त गर्नु । उनीहरुलाई त्यो अवसर जुटाइदिएको थियो राष्ट्रियता संरक्षण युवा मञ्चले ।

न्यानो कपडाको अभावमा कष्टकर जीवन विताइरहेका उनीहरुलाई मन्दिरमै आएर स्वास्थ्यसेवासहित न्यानो कपडा प्रदान गर्दा ईश्वरकै बरदान सावित भएको उनीहरुले बताए । जाडोको समयमा आवश्यक लुगाकपडाको जोहो गर्न नसकेर समस्या झेल्दै आएका उनीहरले आफ्नो आवश्यक्ता बल्ल पूरा भएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।

कष्टकर जीवन विताइरहेका वृद्धवृद्धाहरुलाई लक्षित गर्दै राष्ट्रियता संरक्षण युवा मञ्चले शुरु गरेको चिसोबाट बचाऔं अभियान अन्तर्गत लक्ष्मीनारायण मन्दिरका वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण र स्वास्थ्य सेवा प्रदान गरिएको राष्ट्रियता संरक्षण युवा मञ्चका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक जीवन रिजालले बताए ।

लक्ष्मीनारायण मन्दिरका वृद्धवृद्धा ,गुरुकुलमा अध्ययनरत् बटुक लगायत एकसय भन्दा बढीलाई न्यानो कपडा वितरण गरिएको थियो । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेको प्राविधिक सहयोगमा लक्ष्मीनारायण मन्दिरका वृद्धवृद्धा ,गुरुकुलमा अध्ययनरत् बटुकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत बितरण गरिएको राष्ट्रियता संरक्षण युवा मञ्चका सदस्य तथा स्वास्थ्य संयोजक सन्तोष चिमरियाले बताए ।

स्वास्थ्य परिक्षण गरिएका मध्ये १० जना वृद्धवृद्धामा गम्भीर प्रकृतिका रोग र २० जना बटुकहरुमा सरुवा रोग देखा परेको उनले जानकारी दिए । राष्ट्रियता संरक्षण युवा मञ्चले मनकारी दाता र मञ्चका पदाधिकारीहरुको सहयोगमा ४० हजार मूल्य वरावरको कपडा र ७० हजार मूल्य वरावरको औषधि वितरण गरेको राष्ट्रियता संरक्षण युवा मञ्चका अध्यक्ष रञ्जन देवकोटाले बताए ।

मञ्चले चिसोबाट बचाऔं अभियान अन्तर्गत अर्जुनधारा नगरपालिका अन्र्तगत विभिन्न स्थानका एक सय ५० जना भन्दा बढी वृद्धवृद्धा र वालवालिकाहरुलाई न्यानो कपडा र स्वास्थ्य सेवा प्रदान गरेको उनले बताए । उत्कृष्ट दाता राधिका कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनन्त आर्दश वेद विद्यालयका प्राचार्य वालकृष्ण शर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here