एमिटीका समाजशास्त्रका विद्यार्थीको अनुकरणीय कार्य

0
1515

बिर्तामोड ।

झापाको बिर्तामोड स्थित एमिटी एजुकेसन फाउन्डेसनका विद्यार्थीहरुले वृद्धाआश्रममा पुगेर सहयोग गरेका छन् ।

मानवीय सहयोग नै सबैभन्दा महान कर्म हुने भन्दै फाउन्डेसनमा अध्यनरत कक्षा ११र १२ का सामाज शास्त्रका विद्यार्थीहरुले बिर्तामोड नगरपालिक –४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्र बिर्तामोडद्वारा सञ्चालित वृद्धाश्रममा पुगेर खाद्यान्न सामाग्री वितरण गरेको विद्यार्थी कृष्ण अग्रवाल झापालीले जानकारी दिए ।

उनले सेवा नै धर्म हो भन्दै आफूहले वृद्धाश्रममा पुगेर सहयोग गरेको बताए । वृद्धवृद्धा भनेको देशको गहना भएको र उनीहरुको सेवा गर्न पाँउदा सबैविद्यार्थी खुशी भएको जनाइएको छ ।

समाजशास्त्रका विद्यार्थीले सामाजिक परिवेशको अध्धयन गर्नुपर्ने र पछिल्लो समय मानवता हराउन थालेकाले मानवीय सहयोग सदैव अनुकरणीय हुन्छ भन्ने सन्देश दिनपनि वृद्धाश्रममा पुगेर सहयोग गरेको अग्रवालले बताए ।

शिक्षकसहित ३० जनाभन्दा बढी विद्यार्थी वृद्धाश्रममा पुगेर विभिन्न खाद्यन्नका सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here