बिनिशालाई मिस प्रोविन्स वानको उपाधि

१५ पुष २०७६, मंगलवार मा प्रकाशित

बिर्तामोड,

प्रदेश नम्बर १ को सबै भन्दा ठूलो शौन्दर्य प्रतियोगिता मिस प्रोविन्स वान २०१९ को उपाधी इलामकी बिनिशा प्रधानले जितेकी छिन् ।

ड्म्सि वल्र्ड इन्टरटेण्टमेन्टको आयोजनामा भएको प्रतियोगितामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै बिनिसा ताज पहरिन सफल भएकी हुन् ।

प्रतियोगिताको यो तेस्रो संस्करण हो । प्रतियोगितामा झापाकी सबिना राउत फ्रस्ट रनरअप र तेह्थुमकी सितल गुरुङ सेकेण्ड रनरअप बन्न सफल भएका छन् ।

बिजेताले नगदर पचास हजार सहित उच्च शिक्षाका लागि छात्रबृत्ती प्राप्त गरेका छन् । प्रतियोगितामा मिस कसमोपोलेटन वल्र्ड प्रिया रानी लामा मुख्य निर्णायकका रुपमा रहनु भएको थियो ।

प्रणित पुडासैनीको निर्देशन र कोरियोग्राफीमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here