बिर्तामोड, 
बिर्तामोड नगरपालिका वडा नम्वर ७ का अध्यक्ष गंगाप्रसाद भट्टराईको निधन भएको छ ।
६४ वर्षीय भट्टराई केही समयदेखि अस्वस्थ थिए । हर्नियाको क्यान्सर रोगवाट पीडित भट्टराईको मंगलवार अपरान्ह निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिए ।
भट्टराईकी श्रीमती माया भट्टराई, चार छोराबुहारीहरु सूर्यबहादुर–राधिका, होम–सलिना, डिकबहादुर–शारदा र विक्रम – शान्ता रहेका छन् ।
दुईछोरीहरु गोमा र रीता भट्टराई रहेको स्थानीय सञ्चारकर्मी सरोज भट्टराईले जानकारी दिए । भट्टराई नेकपाको तर्फबाट वडाध्यक्ष बनेका थिए ।































