पितृ मोक्षको उद्धेश्यले पञ्चकन्यामा श्रीमद् भागवत

0
761

अर्जुनधारा ।

झापाको बुद्धशान्ति–२ मदनपुरमा रहेको पञ्चकन्या सिंह सेतीदेवी मन्दिरमा यही पुस २५ गतेदेखि श्रीमद् भागवत सप्ताह महापुराण तथा धन धान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ ।

पितृ मोक्षको उद्धेश्यले आयोजना हुने उक्त महायज्ञको लक्ष्य मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलकोरुपमा विकास गर्न तथा मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माण गर्ने रहेको बताइएको छ ।

महायज्ञ सम्पन्न गर्न मन्दिर व्यवस्थापन समितिका सल्लाहकार एवम् वडा समितिका सदस्य नेत्र गौतमको अध्यक्षतामा दुई सय ५१ सदस्यीय महायज्ञ मूल आयोजक समिति गठन भएको प्रचार प्रसार उपसमितिका संयोजक पर्शुराम भण्डारी “सुजन भान्जा”ले जानकारी दिए ।

त्यसैगरी दिनानाथ गौतमको संयोजकत्वमा आर्थिक तथा किनमेल उपसमिति, हरिशचन्द्र भट्टराईको संयोजकत्वमा दानवीर दाता खोज उपसमिति, टंकबहादुर बोहोराको संयोजकत्वमा पण्डाल तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, कृष्ण भण्डारीको संयोजकत्वमा औषधी उपचार तथा सरसफाई उपसमिति, टिकाप्रसाद चौलागाईंको संयोजकत्वमा धन धान्याञ्चल व्यवस्थापन उपसमिति, चन्द्रकला निरौला भट्टराईको संयोजकत्वमा पूष्प आरती व्यवस्थापन उपसमिति, अमृता गौतमको संयोजकत्वमा सांस्कृतिक व्यवस्थापन उपसमिति र गोमादेवी रिजालको संयोजकत्वमा गुरु भोजन व्यवस्थापन उपसमिति गठन भएको छ ।

प्रमुख वाचक आचार्य पण्डित कुवेर सुवेदी र उपवाचक पण्डित चिरञ्जिवी ढुंगाना रहेको महायज्ञअन्र्तगत संगीतमय कथा प्रवचन, झाँकी प्रदर्शन, भजन, धान्याञ्चल पूजन, विभिन्न तुलादान, दाताहरुलाई सम्मान, भुमिदान, गंगा आरतीलगायत कार्यक्रमहरु सञ्चालन हुने बताइएको छ । महायज्ञ सम्पन्न गर्न अनुमानित छ लाख रुपैयाँ खर्च लाग्ने प्रचार प्रसार संयोजक भण्डारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here