किसानलाई हाते ट्र्याक्टर वितरण

0
1381

बनेपा,

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र वडा नं ९ को संयुक्त आयोजनामा पलाञ्चोकका किसानलाई २५ वटा हाते ट्र्याक्टर वितरण गरिएको छ ।

पाँचखाल नगरपालिका–९ को कार्यालयमा मङ्गलबार कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेश खरेलले स्थानीय कृषकलाई ट्र्याक्टर वितरण गर्नुभएको हो । ट्र्याक्टर हस्तान्तरण गर्दै नगर प्रमुख खरेलले कृषिमा यान्त्रिकीकरण र व्यवसायीमा आधुनिकीकरण गर्ने उद्देश्यले ट्र्याक्टर वितरण गरेको बताउनुभयो ।

सो क्रममा किसानलाई सामग्रीको उचित प्रयोग गरी आम्दानीमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनुदानमा पाएको भनेर दुरुपयोग नगरी कृषिलाई आधुनिकीकरणसँग जोडेर उत्पादन बढाउन प्रयोग गर्न अनुरोधसमेत गर्नुभयो ।

पाँच जनाको समूह बनाएर वितरण गरिएको ट्र्याक्टरले १०० कृषक परिवारलाई समेट्ने वडाध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । ५० प्रतिशत अनुदानमा कृषकले रु २० हजार ५०० तिर्ने गरी उपलब्ध गराइएको उहाँको भनाइ छ ।

किसानको समूह गठन गरी ती ट्र्याक्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा नं ९ ले यसअघि पनि २७ वटा हाते ट्र्याक्टर वितरण गरेको थियो भने नगरपालिकाको–६ ले पनि यसअघि हाते ट्र्याक्टर वितरण गरिसकेको छ ।

त्यस्तै नगरपालिकाको समन्वयमा वडा नं ४ मा पनि हाते ट्र्याक्टर वितरण गर्ने तयारीमा लागेको पाँचखाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकनारायण भण्डारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here