सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी

0
691

सिमकोट, 

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी आएको हो ।

जिल्लाभित्रका विभिन्न क्षेत्रमा चल्ने सवारीसाधन दुर्घटनामा परी ज्यान गुमाउनेको क्रम बढेपछि ट्राफिक प्रहरीको आवश्यकता परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । एक प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना टा«फिक प्रहरी रहने जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको ।

कार्यालयका अनुसार नयाँ ट्राफिक दरबन्दी स्वीकृत भएको र केही दिनभित्रै ट्राफिक कार्यालयसमेत स्थापना हुनेछ । बजारमा कार्यालयका लागि भाडामा भवन खोजेको र नपाउँदासम्म जिल्ला प्रहरी कार्यालयभित्रै छुट्टै कार्यालय स्थापना हुने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो ।

दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुन लागेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here