दुधेमा भूपू विद्यार्थीले टिसर्ट बाँडे

0
546

दुधे ।

करिव ६ लाख भूपू विद्यार्थीको साँझा सस्था राष्ट्रिय रमणीय आदर्श मावि भूतपूर्व विद्यार्थी मन्चले विद्यालयका विभिन्न क्लव हरुलाई टिसर्ट प्रदान गरेको छ ।

वुधबार विद्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दे क्लवलाई टिसर्ट प्रदान गरेको हो । मञ्च गठन भएको एक साता नपुग्दै सामाजिक उत्तरदायित्व अन्तर्गतको भुमिकामा सक्रिय हुन थालेको भन्दै विद्यालयका शिक्षक र विद्यार्थीले खुसी व्यक्त गरे ।

विद्यार्थी प्रेक्षा पोख्रेलले भूपू विद्यार्थी मञ्चको हरेक कार्यक्रममा आफुहरुको सक्रिय भुमिका रहने बताईन । राष्ट्रिय रमणीय आदर्श वाल क्लवका अध्यक्ष केशव भण्डारी, सगरमाथा टिन्स क्लव र हेल्पीङ्ग हेण्ड क्लवका अध्यक्ष प्रेक्षा पोख्रेल र सो विद्यालयको जुनियर रेडक्रस सर्कलका अध्यक्ष रक्षा नेपाललाई कार्यक्रमका प्रमुख अतिथी विद्यालयका प्रधानाध्यापक कालिप्रसाद रिजाल र मञ्चका अध्यक्ष अशोक वस्नेतले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

अध्यक्ष बस्नेतले विद्यालयको सर्वाङिण विकासका लागि भूपू विद्यार्थीले विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सहित अन्य सरोकार राख्ने निकाय संग अन्तक्रिया गर्ने बताए । कार्यक्रम मञ्चका अध्यक्ष बस्नेतको अध्यक्षता र सचिव गोविन्द काफ्लेको संचालनमा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here