झिलझिलेको बौद्ध गुम्बामा पाँच दिने धार्मिक अनुष्ठान

0
995

झिलझिले ।

वौद्धधर्मालम्वीहरुको धार्मिक संस्था टासी धार्गेलिङ्ग बौद्ध गुम्बामा वृहत धार्मिक अनुष्ठान हुने भएको छ ।

शिवसताक्षी नगरपालिका ११ स्थीत गुम्बामा पुस २१ देखी २५ गते सम्म पाँच दिवसीय धार्मीक अनुष्ठान हुने भएको हो । पर्यटन भ्रमण वर्ष २०२०को अवसरमा आयोजित सो अनुष्ठानमा नेपाल लगायत भारत, भुटान, चिन, जापान, अमेरिका लगायतका मुलुकबाट बौद्ध धर्मालम्वीहरु आउने आयोजक समितिका अध्यक्ष डिके लामाले जानकारी दिए ।

बिश्व शान्तिको कामना गर्ने सर्वधर्मनुरागी सज्जन लाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा २५ हजार बौद्धधर्मालम्वी आएर आध्यात्मिक लाभ लिने आयोजक समितिले जानकारी दिएको छ ।

आयोजक समितिका अध्यक्ष लामाले भने, ‘ भगवान बुद्धको यो पवित्र भुमीबाट बुद्धका करुणामयी पञ्चशिल ज्ञानका उपदेशहरुलाई फैलाउन कार्यक्रमको मुख्य उद्धेश्य रहेको छ ।’ हामी मान्छे भएरपनी अज्ञानी छौ उनले भने विश्वमा रहेका प्राणीको रक्षाका लागि बिश्व शान्तिको कामना गर्दे नेपाल सरकारको समृद्ध नेपाल र सुखी नेपाली यो अनुष्ठान महत्वपुर्ण हुने छ ।’ उनले भने ।

झिलझिलेमा निर्माणाधीन टाँसी धार्गेलिङ्ग बौद्ध गुम्बामा प्रतिष्स्थापन गरिएको भगवान बुद्धका त्रिमुर्ति प्रतिमा सोलुबाट पाल्नुहुने प्रमुख लामा गुरु रिन्पोर्छे निमा साङवो(शेर्पाले प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको आयोजक समितिले बताएको छ । सो कार्यक्रममा सिद्धी घेटुल (शेर्पा), ज्योम्याङ टुल्कु वाङवो(शेर्पा), आचार्य खेन्पो थुप्तेन हेसे (गुरुङ) को अमृतमय आध्यात्मिक प्रवचनका कार्यक्रम तय भएको टासी धार्गेलिङ्ग बौद्ध गुम्बाका प्रमुख लामा सोनम थोकरले जानकारी दिए ।

पुस २० देखी शुरु भएको उक्त अनुष्ठानमा २१ गते गते त्रिमुर्ती भगवान बुद्धको प्रतिमामा प्राण प्रतिष्ठा पूजा(राप्नी), २२ गते कोन्छ्योग चिधीको अभिषेक पूजा (वाङ), २३ गते सिठोको अभिषेक पूजा (वाङ)को कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । २४ गते होछ्योगको अभिषेक पूजा(वाङ) र २५ गते आयुको विशेस अभिषेक पूजा एवं वाङ लगायत नृत्य (छ्याम) तथा समापन कार्यक्रम कार्यक्रम रहेको आयोजक समितिका सचिव जसकुमार तामाङ्गले जानकारी दिएका छन ।

आयोजक समितिका अनुसार कार्यक्रममा आउने भक्तजनले आवास र भोजन पनि निशुल्क पाउने भएका छन । करिव २५ लाख खर्चको अनुमान गरिएको सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । स्वागत द्धार निर्माण, पण्डाल, भोजनालय र आवास गृह निर्माण भईसकेको आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here