सुनसरीबाट पेस्तोल र गोली सहित दुई जना पक्राउ

0
1251

सुनसरी।

सुनसरीको ईटहरी उप–महानगरपालिका–८ कदम टोलबाट पेस्तोल र गोली सहित २ जना पक्राउ परेका छन्।

अबैध हातहतियारको ओसार पसार भईरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले हतियार सहित उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा नगरपालिका–४का ३३ बर्षीय जागिर खान र सुनसरीको हरीनगरागाउँपालिका–७का ४७ बर्षीय जमिल अंसारी रहेका छन् ।

को ९ प ७४८६ नम्बरको मोटरसाईकलमा सवार रहेका दुवैजनालाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा उनीहरुको साथबाट म्यागजिन सहितको १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद भएको थियो ।

हतियार र गोली सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here