उदयपुर ।
उदयपुरको कटारी नगरपालिका–६ चुहाडेबाट लागुऔषध गाँजाको कारोवार गर्ने दुई जना पक्राउ परेका छन् ।
घरमै भण्डारण गरी गाँजाको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–६ का ४१ बर्षीय गेहेन्द्र भन्ने गंगा राईको घरमा खानतलासी गर्दा उनको घरमा लुकाई छिपाई राखेको २ केजी र देवकुमार राईको कोठाबाट १०० ग्राम गाँजा बरामद भएको थियो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का १७ बर्षीय सन्देश राउत र त्रियुगा नगरपालिका–१० का १७ बर्षीय सुजन राउतलाई २५० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।
गाँजा सहित पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।































